नेपाली कांग्रेसले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई साताको दुई निश्चित दिनमा खुला भेटघाट गर्न निर्देशन दिएको छ। बुढानीलकण्ठमा भएको छलफलमा सभापति शेरबहादुर देउवाले मन्त्रीहरूलाई यस्तो निर्देशन दिएका हुन्।
हप्ताको दुई दिन नागरिकका गुनासा सुन्न र बाँकी पाँच दिन मन्त्रालयको काममा केन्द्रित हुन निर्देशन दिएको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी दिए।
‘हप्तामा दुई निश्चित दिन खुला भेटघाट गर्ने, नागरिकको गुनासो सुन्ने, सुझाव लिने र बाँकी पाँच दिन मन्त्रालयको काममा केन्द्रित हुने भन्ने मन्त्रीहरूलाई निर्देशन दिइएको छ,’ उनले भने।