अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ। आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुनको मूल्य दुई हजार ६९५ अमेरिकी डलर निर्धारण भएको छ।
स्थानीय बजारमा आज सुनको मूल्य अघिल्लो दिनका तुलनामा प्रतितोला रु. एक हजार दुई सयले वृद्धि भई रु. एक लाख ५६ हजार ६ सय तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार सोही परिमाणको पहेँलो धातु रु. एक लाख ५५ हजार चार सयमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्य प्रतितोला रु. ५० ले बढेर एक हजार ८८० पुगेको छ। बुधबार एक तोला चाँदी रु. एक हजार ८३० मा किनबेच भएको थियो।