मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २७ शनिबार
  • Saturday, 11 January, 2025
२o८१ पौष २७ शनिबार १४:o७:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

श्रीलंकाको पर्यटन आम्दानी ५३ प्रतिशतले वृद्धि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष २७ शनिबार १४:o७:oo

श्रीलंकाले सन् २०२४ मा पर्यटनबाट करिब ३.१७ करोड अमेरिकी डलर कमाएको श्रीलंकाको केन्द्रीय बैंक (सिबीएसएल) को पछिल्लो तथ्याङ्कले देखाएको छ । यो सन् २०२३ को पर्यटन आम्दानीको तुलनामा ५३ दशमलव २ प्रतिशतले वृद्धि हो, जुन करिब दुई अर्ब सात करोड डलर रहेको तथ्याङ्कले देखाएको छ ।

सिबीएसएल तथ्याङ्कले सन् २०२४ मा २० लाखभन्दा बढी पर्यटकले श्रीलङ्का भ्रमण गरेको देखाएको छ, जुन २०२३ को तुलनामा ३८ दशमलव १ प्रतिशतले बढेको छ । श्रीलंका सरकारले सन् २०२५ मा ३० लाख पर्यटक भित्र्याएर पाँच अर्ब डलर पर्यटन राजस्वको लक्ष्य राखेको छ ।