मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २४ बुधबार
  • Wednesday, 08 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष २४ बुधबार १o:५७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

‘मुक्तिनाथ एनिभर्सरी बोनान्जा’ योजना सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष २४ बुधबार १o:५७:oo

मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ एनिभर्सरी बोनान्जा’ अफर सार्वजनिक गरेको छ । बैंकले १९औँ वार्षिकोत्सवका अवसरमा ग्राहकलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न ‘मुक्तिनाथ एनिभर्सरी बोनान्जा’ योजनाअन्तर्गत विभिन्न योजना सार्वजनिक गरेको हो । 

पहिलो योजनाअनुसार बैंकको रकम कनेक्ट आइपिएसमार्फत ट्रान्सफर गर्ने दुईजना ग्राहकले लक्की–ड्रमार्फत मोबाइल फोन प्राप्त गर्नेछन् । त्यस्तै, १०० रुपैयाँ वा सोभन्दा बढीको टपअप तथा डेटा प्याक लिने दैनिक १९ जना ग्राहकले १०० रुपैयाँकै टपअप प्राप्त गर्नेछन् । यो योजना ०८१ पुस १९ गतेदेखि ०८१ माघ १९ गतेसम्मका लागि रहने बैंकले जनाएको छ । 

त्यसैगरी, बिजुलीको बिल भुक्तानी गर्ने एकजना ग्राहकले बिल भुक्तानी रकम वा अधिकतम १० हजार एक सय २५ रुपैयाँ पाउनेछन् । बैंकका क्युआर मर्चेन्ट र भारतीय पर्यटकले पनि क्युआर मर्चेन्टमार्फत कारोबार गरेमा स्मार्ट वाच प्राप्त गर्नेछन् ।

साथै, मोबाइल बैंकिङमार्फत अन्य बैंकमा रकम ट्रान्सफर गर्ने दैनिक एकजनालाई एक हजार रुपैयाँ क्यासब्याक र क्युआरमार्फत नै बिल भुक्तानी गर्ने दुईजनालाई पाँच सयका दरले क्यासब्याक प्रदान गरिने बैंकले जनाएको छ । यी दुवै योजना २५ पुससम्मका लागि मान्य हुनेछन् ।