सन् १९२६ : अब्दुल अजिज विन साउद तत्कालीन हेजाज अधिराज्यको राजा र नज्द अधिराज्यका सुल्तान भए । पछि यी दुई अधिराज्यको एकीकरण गरेर आजको साउदी अरब गठन भएको हो ।
सन् १६१० : ग्यालिलियोले पत्ता लगाएको एक दिनपछि जर्मन खगोलविद् साइमल मारिअसले स्वतन्त्र रूपमा बृहस्पति ग्रहका पहिलो तीन उपग्रह पत्ता लगाए ।
सन् १७९० : प्रथम अमेरिकी राष्ट्रपति जर्ज वासिंटनले देशको तत्कालीन राजधानी न्युयोर्क सिटीको फेडरल हलमा राज्यको अवस्थाको विवरण उल्लेख हुने ‘स्टेट अफ द युनियन’ वाचन गरे । यो वार्षिक परम्परा अझै कायम छ ।
सन् १७९८ : न्यायालायसँग जोडिएको अमेरिकी संविधानको ११औँ संशोधन कंग्रेसबाट पारित भयो ।
सन् १८३५ : इतिहासमा पहिलो र एक मात्र पटक अमेरिकाको राष्ट्रिय ऋण शून्य बन्यो । तत्कालीन राष्ट्रपति एन्ड्रयु ज्याकसनको सरकारले राज्यले ब्याज तिनुपर्ने सबै ऋण भुक्तानी गरेपछि यो अवस्था हासिल भएको थियो ।
सन् १८८९ : अमेरिकी अन्वेषक हर्मन होलेरिथले ‘यान्त्रिक गणना औजार’का लागि प्याटेन्ट हासिल गरे । पन्च कार्ड प्रयोग गरिने होलेरिथको यस आविष्कार एक वर्षपछि भएको अमेरिकी जनगणनामा प्रयोगमा ल्याइएको थियो ।
सन् १९१८ : अमेरिकी राष्ट्रपति विड्रो विलसनले कंग्रेसमा सम्बोधनका क्रममा पहिलो विश्वयुद्ध तथा भविष्यमा हुने युद्धसमेत रोक्न उपयोगी हुने भन्दै चर्चित ‘१४ बुँदे’ प्रस्ताव अघि सारे ।
सन् १९६१ : अल्जेरियामा स्वतन्त्रता संघर्ष उत्कर्षमा पुगेको समयमा फ्रान्सभित्र सो भूमिलाई स्वतन्त्रता दिने–नदिने प्रश्नमा भएको जनमतसंग्रहमा ७५ प्रतिशत मतदाताले स्वतन्त्रको पक्षमा मत दिए ।
सन् १९९९ : केन्यामा कररा वनको निजीकरणको विरोधमा वान्गारी माथाई लगाएको महिलाको समूहले प्रदर्शन गर्यो ।
सन् २०१६ : मेक्सिन राष्ट्रपति एनरिक पेना निएतोले चर्चित ड्रग्स कार्टेल समूह ‘सिनालोआ’का प्रमुख जाओक्विन ‘अल चापो’ गुजम्यान जेलबाट भागेको ६ महिनापछि पुनः पक्राउ परेको घोषणा गरे ।
सन् २०२१ : ट्विटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सो प्ल्याटफर्ममार्फत ‘थप हिंसा भड्काउने जोखिम भएको’ भन्दै उनलाई सदाका लागि ट्विटमा प्रतिबन्ध लगायो । (जुन निर्णय डोनाल्ड ट्रम्पले सो प्ल्याटफर्म किनेपछि उल्टियो ।)
सन् २०२३ : ब्राजिलका पूर्वराष्ट्रपति जेयर बोल्सोनारोका समर्थकले उनको हारको विरोध गर्दै उच्च अदालत, राष्ट्रपति भवनसहित ब्राजिलियन सरकारी भवनमाथि आक्रमण गरे ।