मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २४ बुधबार
  • Wednesday, 08 January, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ पौष २४ बुधबार o७:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सहकारीको ठगी मुद्दामा कांग्रेस उपसभापति धनराजसँग सिआइबीको सोधपुछ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ पौष २४ बुधबार o७:oo:oo

ललितपुरको मितेरी सहकारीको ठगी मुद्दामा प्रहरीले कांग्रेसका उपसभापति धनराज गुरुङसँग सोधपुछ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबार दिउँसो कार्यालयमै बोलाएर उनीसँग सोधपुछ गरेको हो । अनुसन्धानका कतिपय विषयमा उनीसँग सोपधुछ गरिएको सिआइबी प्रवक्ता एसपी होविन्द्र बोगटीले बताए । दुई महिनाअघि पनि सिआइबीले उनीसँग सोधपुछ गरेको थियो । 

मितेरी सहकारी ठगीको सिआइबीमा जाहेरी दर्ता भएको चार महिना हुँदासमेत कोही पक्राउ परेका छैनन् । सहकारीको १२ करोड ९४ लाख ठगीमा धनराजकी पूर्वपत्नी ज्योति गुरुङलगायत फरार छन् । 

ज्योतिसँगको सम्बन्धविच्छेदसमेत कागजी मात्र भएको आशंका गर्दै संसदीय छानबिन समितिले समेत उनीविरुद्ध थप अनुसन्धान गर्न निर्देशन दिएको थियो । सम्बन्धविच्छेदपछि पनि धनराजले सहकारीमा केही रकम भने तिर्दै आएका थिए ।

सहकारीबाट गैरकानुनी रूपमा पैसा निकालेर ज्योति गुरुङले ज्योति भण्डारीसँग मिलेर क्रिप्टोलगायत अवैध कारोबारमा लगानी गरेका थिए । जुन विषयमा धनराजलाई समेत जानकारी भएकाले यसमा समेत अनुसन्धानको माग भएको छ । 

गुरुङ सत्तारूढ दलका नेता भएकाले पक्राउ नगरिएको र प्रमाण लुकाइएको आरोप लाग्दै आएको छ । सो सहकारी ठगीमा हालसम्म एकजना पनि पक्राउ नपर्नुले पनि अनुसन्धानमाथि प्रश्न उठेका छन् ।