मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २३ मंगलबार
  • Wednesday, 08 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष २३ मंगलबार १५:३८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से परिसूचक सामान्य अंकले बढ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष २३ मंगलबार १५:३८:oo

नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से ६.१६ अंकले बढेर दुई हजार ६४६.८४ विन्दुमा कायम भएको हो ।

आज ३०५ कम्पनीको एक करोड २० लाख ८१ हजार ६०६ कित्ता सेयर ६६ हजार ६२६ पटक खरिद–बिक्री हुँदा रु. पाँच अर्ब ३८ करोड ४६ लाख ७२ हजार २९५ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा बैंकिङ समूह ०.२७, होटेल तथा पर्यटन ०.०४, उत्पादन तथा प्रशोधन ०.२५ र अन्य समूह ०.१८ प्रतिशतले घटेको छ । 

लगानी समूहको उपसूचक स्थिर देखिँदा अरू समूहका उपसूचक भने बढेका छन् । सबैभन्दा धेरै वित्त समूह २.६५ प्रतिशतले बढेको छ । विकास बैंक ०.८०, जलविद्युत् ०.४२, जीवन बिमा ०.६७, लघुवित्त ०.४४, म्युचुअल फन्ड ०.३५, निर्जीवन बिमा ०.४२ र व्यापार समूह ०.५९ प्रतिशतले बढेको छ ।

सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड र ङादी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र डोल्टी पावर कम्पनी लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।