त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदमा चारजनालाई नियुक्त गरिएको छ । रिक्त रहेको चार सदस्य पदमा त्रिवि उपकुलपति प्रा.डा. केशरजंग बरालले आइतबार नियुक्त गरेका हुन् । प्रा.डा. बरालले ५ वटा संकायबाट विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डिन प्रा.डा. शंकर खनाललाई नियुक्ति गरेका हुन् ।
त्यस्तै, चारवटा संकायबाट प्रा.डा. दुविनन्द ढकाल नियुक्त भएका छन् । उनी मानविकी तथा सामाजिक शास्त्र संकायका डिन हुन् । त्यस्तै, प्रा.डा. लालुप्रसाद पौडेल र डा. जगतमोहन श्रेष्ठ कार्यकारी परिषद् सदस्यमा नियुक्त भएका छन् । उनीहरू प्रोफेसरहरूको तर्फबाट नियुक्त भएका हुन् । उक्त पद १२ पुसदेखि रिक्त भएको थियो ।