मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २२ सोमबार
  • Tuesday, 07 January, 2025
तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
२o८१ पौष २२ सोमबार १५:५३:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

फुटपाथलाई एकरूपता दिँदै काठमाडौं महानगर (तस्बिरहरू)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष २२ सोमबार १५:५३:oo

काठमाडौं महानगरपालिकाभित्र रहेका फुटपाथलाई एकरूपता दिने भन्दै पछिल्लो समय अधिकांश स्थानका फुटपाथहरू भत्काइएको छ । एउटै किसिमको ब्लक बिछ्याउन महानगरले आर्थिक वर्ष ०८१/८२ मा बजेट विनियोजन गरेको थियो ।

हालसम्म केही स्थानमा फुटपाथ व्यवस्थित भइसके पनि अधिकांश स्थानमा फुटपाथ मर्मतसम्भार कार्य चलिरहेको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । तर, फुटपाथ मर्मतसम्भार कार्य समयमै नसक्दा र सबैतिर एकैपटक काम थाल्दा सडक प्रयोगकर्ताहरूले ओहोरदोहोरमा सास्ती खेप्ने गरेका छन् । हाल नक्साल, गौशाला, वसन्तपुर, करिडोर क्षेत्रलगायत स्थानमा फुटपाथ निर्माणको काम भइरहेको छ ।