मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २२ सोमबार
  • Tuesday, 07 January, 2025
२o८१ पौष २२ सोमबार १५:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उदयपुरमा ट्याक्टरसँग ठोक्किँदा स्कुटरचालकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष २२ सोमबार १५:४८:oo

उदयपुरको सदरमुकाम गाईघाटमा ट्याक्टरसँग ठोक्किँदा स्कुटरचालकको मृत्यु भएको छ । सोमबार दिउँसो गाईघाटबाट मोतीगडातर्फ एकैदिशाबाट गइरहेको ट्याक्टरसँग स्कुटर ठोक्किँदा स्कुटरचालकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी राजन चापागाईंका अनुसार गाईघाट बजारको मेनचोकनजिक स.१त ७८ २१ नम्बरको ट्याक्टरसँग  प्रदेश १–०५–००१ प ७६८४ नम्बरको स्कुटर ठोक्किएको थियो ।

जसमा मृत्यु हुनेमा स्कुटरचालक रौतामाई गाउँपालिका– ७ मुकुर्चीका ४० वर्षीय वासु खड्का रहेका छन् । डिएसपी चपागाईंले भने, ‘ट्याक्टर र स्कुटर एउटै लेनबाट मोतीगडातर्फ गइरहेका रहेछन्, दुवै सँगसँगै रहेछन् । पैदालयात्री देखेर स्कुटरले ब्रेक लगाउँदा अनियन्त्रित भएर पल्टिँदा स्कुटरचालक ट्याक्टरको पछाडिको टायरमुनि परेकाले मृत्यु भएको रहेछ ।’

दुर्घटनामा घाइते खड्कालाई तत्कालै जिल्ला अस्पताल उदयपुर पुर्‍याउँदा चिकित्सकहरूले मृतक घोषणा गरेको उनले जानकारी दिए । ट्याक्टर र ट्याक्टरचालक त्रियुगा नगरपालिका– ४ का ३२ वर्षे क्रान्ति चौधरीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको उनले जानकारी दिए ।