सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४९.१२ अंकले बढेको छ । सोमबार नेप्सेमा ६ अर्ब ३० करोड ५४ लाख ३१ हजार रुपैयाँको सेयर कारोबार हुँदा ४९.१२ अंकले नेप्से बढेर १.८९ प्रतिशतले पुँजीकरणमा वृद्धि भएको हो ।
सोमबार भएको सेयर कारोबारमा २२६ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने १२ वटाको घट्यो । त्यस्तै चारवटा कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएन ।
सोमबार नेप्सेमा भएको सेयर कारोबारमा सबैभन्दा धेरै आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले आम्दानी गरे भने उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । सोमबारको सेयर कारोबारसँगै नेप्सेको पुँजीकरण ४३ खर्ब ८० करोड नाघेको छ ।