मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २२ सोमबार
  • Tuesday, 07 January, 2025
नयाँ पत्रिका म्याग्दी
२o८१ पौष २२ सोमबार १४:o५:oo
Read Time : < 1 मिनेट
समाचार

नगरपालिकाकै असहयोगपछि बन्द भयो बेनी–काठमाडौं रुटमा साझा यातायात 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, म्याग्दी
नयाँ पत्रिका
२o८१ पौष २२ सोमबार १४:o५:oo

बेनी नगरपालिकाकै असहयोगपछि काठमाडौं–बेनी रुटमा चल्दै आएको साझा यातायात बन्द भएको छ। 

गत शनिबार नगरपालिकाका नगर प्रहरीले साझा यातायातको काउन्टरमा ताला लगाएपछि बन्द भएको हो। बसपार्कमा काउन्टर सार्न भनेको, तर त्यहाँ पनि सटर उपलब्ध नगराएको र आफूहरूले सञ्चालन गरेको काउन्टरमा नगरपालिकाले ताला लगाएपछि सेवा बन्द गर्नुपरेको साझा यातायातका म्याग्दी प्रतिनिधि भीमबहादुर श्रेष्ठले बताए। साझाले बेनी– ८ स्थित क्याम्पसचोकमा काउन्टर राख्दै आएको थियो । 

बेनी नगरपालिकाका मेयर सुरत केसी आफैँ कोरला यातायातका सञ्चालक हुन्। साझाका कारण अन्य यातायातको व्यवसाय कम भएको भन्दै निरन्तर अवरोध हुँदै आएको आरोप लागेको छ । यसमा नगरपालिकाकै मिलेमतोको आशंका गरिएको छ। 

साझाले बेनी–काठमाडौं रुटमा एक हजार एक सय रुपैयाँमा सेवा दिँदै आएको छ भने अन्यले एक हजार पाँच सय रुपैयाँ लिने गरेका छन्। साझा यातायात बन्द भएपछि स्थानीय नगरपालिकासँग आक्रोशित बनेका छन्।