नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज दोस्रो दिन पनि जारी छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राखिरहेका छन् ।
आइतबारदेखि सुरु भएको बैठकमा अध्यक्ष केपी ओलीले पेस गरेको राजनीतिक र महासचिव शंकर पोखरेलले पेस गरेको सांगठनिक प्रतिवेदनमाथि सदस्यहरूले धारणा राखिरहेका हुन् ।
प्रतिवेदनमाथि आइतबार २७ जना केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखेका थिए । बाँकीले आज धारणा राखेपछि निष्कर्ष प्रस्तुत गरिने एमाले नेताहरूले बताएका छन् ।