प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको आठौँ केन्द्रीय समितिको छैटौँ बैठकको दोस्रो दिनको छलफल सुरु भएको छ । धुम्बाराहीस्थित एक पार्टी प्यालेसमा आइतबारदेखि सुरु बैठकको दोस्रो दिन सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्षिप्त भनाइ राखेका छन् ।
बैठकको प्रारम्भमा अध्यक्ष प्रचण्डले संक्षिप्त धारणा राखेपछि उनले आइतबार प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा छलफल सुरु भएको छ। सोमबार बैठकमा अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन् । आइतबार अध्यक्ष प्रचण्डले समसामयिक राजनीति, पार्टी संगठन सुदृढीकरण, भावी रणनीतिलगायत समिटिएको ३० पृष्ठ लामो प्रतिवेदन बैठकमा प्रस्तुत गरेका थिए ।