मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २१ आइतबार
  • Monday, 06 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष २१ आइतबार o८:४२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

विपत् व्यवस्थापनमा ३०% वैदेशिक सहायता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष २१ आइतबार o८:४२:oo

चालू आर्थिक वर्षको पहिलो चार महिनामा सबैभन्दा बढी वैदेशिक सहायता प्रतिबद्धता विपत् व्यवस्थापन क्षेत्रमा आएको छ । सरकारले कात्तिकसम्म ६६ अर्ब ७६ करोड रुपैयाँ वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ । यसमध्ये ३०.२ प्रतिशत वैदेशिक सहायता प्रतिबद्धता विपत् व्यवस्थापन क्षेत्रमा प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ । 

चालू आर्थिक वर्षको कात्तिकसम्म वैदेशिक सहायता प्रतिबद्धता गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६ अर्ब सात करोड रुपैयाँले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कुल वैदेशिक सहायता प्रतिबद्धता ४० अर्ब ६९ करोड रुपैयाँ रहेको थियो । कुल सहायता प्रतिबद्धतामध्ये अनुदानको अंश ३५.६ प्रतिशत र ऋणको अंश ६४.४ प्रतिशत रहेको छ । 

अर्थ मन्त्रालयका अनुसार कुल सहायता प्रतिबद्धतामध्ये वातावरण र जलवायुमा २१.४ प्रतिशत, यातायातमा २०.१ प्रतिशत, कृषिमा १४.२ प्रतिशत र सामाजिक क्षेत्रमा ११.४ प्रतिशत रहेको छ । कुल सहायता प्रतिबद्धतामध्ये सबैभन्दा कम सुशासन क्षेत्रमा ०.६ प्रतिशत प्राप्त भएको छ । त्यस्तै, पूर्वाधारको क्षेत्रमा २.१ प्रतिशत रहेको मन्त्रालयको तथ्यांक छ ।