मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १९ शुक्रबार
  • Sunday, 05 January, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ पौष १९ शुक्रबार o९:४९:oo
Read Time : > 1 मिनेट
Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ पौष १९ शुक्रबार o९:४९:oo

सन् १९७७ : स्टिभ जब्स र स्टिभ बोजनिकले क्यालिफोर्निया राज्यमा ‘एप्पल कम्प्युटर, इन्क’ नाममा कम्पनी दर्ता गरे । एप्पल ३० खर्ब डलरको मूल्यांकन पुग्ने विश्वको पहिलो कम्पनी बन्यो ।

सन् १५२१ : पोप लियो दशम क्याथोलिक चर्चको सुधारका लागि पेस गरिएको ९५बुँदे माग फिर्ता लिन मार्टिन लुथर किङले अस्वीकार गरेपछि उनलाई धर्मच्युत (चर्चबाट बहिष्कार) गरियो । 

सन् १८४८ : जोसेफ जेनकिन्स रोबर्टले स्वतन्त्र अफ्रिकी देश लाइबेरियाको पहिलो राष्ट्रपतिका रूपमा शपथ लिए ।  

सन् १८६८ : जापानमा बादशाहको हातमा शक्ति केन्द्रीकृत गर्दै मेइजी सुधार सुरु गरियो ।

सन् १९२५ : बेनितो मुसोलिनीले इटलीको संसद् भंग गर्दै आफूलाई सर्वशक्तिमान नेता घोषण गरे ।

सन् १९५८ : बेलायतको औपनिवेशिक शासनबाट स्वतन्त्र भएका क्यारेभियन सागरमा छरिएर रहेका राज्यले ‘वेस्ट इन्डिज महासंघ’ गठन गरे । तथापि, यो संघ चार वर्ष मात्र टिक्न सक्यो । एन्टिगुआ एन्ड बरमुडा, बरबाडोस, डोमिनिका, ग्रेनाडा, जमैका, मान्टसेराट, सेन्ट किट्स–नेभिस–एन्टिगुआ, सेन्ट लुसिया, सेन्ट भिन्सेन्ट र ट्रिनिडाड एन्ड टोबागो संघका सदस्य थिए । 

सन् १९६१ : अमेरिकाले क्युबास्थित आफ्ना दूतावाससमेत बन्द गर्दै सो मुलुकसँगको कूटनीतिक सम्बन्ध तोड्यो ।

सन् १९९० : अमेरिकी सेना पानामा ओर्लिएपछि राजधानीको भेटिकन दूतावासमा १० दिनदेखि लुकी बसेका जनरल म्यानुअल एन्टोनियो नोरिएगाले अन्ततः आत्मसमर्पण गरे । 

सन् १९९३ : अमेरिकी राष्ट्रपति जर्ज एचडब्लु बुस र रुसी राष्ट्रपति बोरिस यल्तसिनले मस्कोमा एक समारोहबिच हातहतियार कटौती गर्नेसम्बन्धी सम्झौता ‘स्टार्ट द्वितीय’मा हस्ताक्षर गरे । 

सन् १९९६ : मोटोरोला कम्पनीले पहिलो फोल्ड गर्न मिल्ने मोबाइल बजारमा ल्यायो । 

सन् २०१८ : इटालीमा छोएको थाहा पाउन सक्ने क्षमता भएको कृत्रिम जैविक हातको पहिलो प्रयोग सम्पन्न भयो । 

सन् २०१९ : चीनको ‘चाङ्ग’ई चौथो’ पृथ्वीको सुदूर हिस्सामा ओर्लने पहिलो अन्तरिक्षयान बन्यो । 

सन् २०२० : अमेरिकाले ड्रोनबाट इरानी जनरल कासिम सुलेमानीको इराकमा हत्या गर्‍यो ।