मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १८ बिहीबार
  • Saturday, 04 January, 2025
२o८१ पौष १८ बिहीबार १७:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धादिङबेँसीवासीलाई कौसी खेती तालिम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष १८ बिहीबार १७:o९:oo

धादिङ जिल्लाको सदरमुकाम धादिङबेँसीका स्थानीयलाई बिहीबारदेखि कौसी खेती तालिम सुरु भएको छ। घरको छत प्रयोग गरी ताजा तथा स्वस्थकर तरकारी उत्पादन गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो। 

नीलकण्ठ नगरपालिका कृषि शाखाको समन्वयमा नीलकण्ठ नगरपालिका वडा नम्बर ३ ले कौसी खेती तालिम सुरु गरेको हो। विषादीरहित तरकारी उत्पादन गर्ने उद्देश्यले तालिम आयोजना गरिएको नीलकण्ठ नगरपालिका– ३ का वडाध्यक्ष राजकुमार श्रेष्ठले बताए। ‘यो कार्यक्रम खेतीपाती गर्ने जग्गा जमिन नभएकाहरूका लागि हो। आफ्नै छतमा विषादीरहित स्वस्थकर तरकारी फलाउने र तरकारीमा हुने खर्च न्यूनीकरण गर्ने नै हो। यसले मानिसलाई स्वस्थसँगै आत्मनिर्भर बनाउन पनि सहयोग पुग्नेछ।’ 

तालिममा वडा नम्बर ३ धादिङबेँसीका ४४ जना स्थानीयहरू सहभागी रहेका छन्। तालिममा सहभागीहरूलाई तालिमपश्चात् कौसी खेतीका लागि आवश्यक सरसामान पनि वितरण गरिने वडा सदस्य सन्तोष थापाले बताए। ‘बजारमा तरकारीको अत्यधिक माग छ। तर, अत्यधिक विषादीयुक्त तरकारी मात्रै बजारमा पाइन्छ,’ उनले भने, ‘ताजा, स्वस्थकर तरकारी तथा फलफूल खाने वातावरण सिर्जना गर्ने हाम्रो उद्देश्य हो।’