मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १८ बिहीबार
  • Saturday, 04 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष १८ बिहीबार o७:४२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १८ प्रतिशत छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष १८ बिहीबार o७:४२:oo

ग्लोबल आइएमई बैंकले १८औँ वार्षिकोत्सवको अवसरमा बैंकका कार्ड बाहक ग्राहकहरूलाई दराजबाट सामान किन्दा १८ प्रतिशतसम्म छुट पाउने योजना सार्वजनिक गरेको छ । आजदेखि बैंक स्थापनाको १८औँ वर्ष पूरा गरी १९औँ वर्षमा प्रवेश गर्दै छ । यो छुट योजना पुस १८ गते बिहीबारदेखि पुस २४ गते बुधबारसम्म रहनेछ । 

छुट योजनाअन्तर्गत ग्राहकहरूले बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान खरिद गर्दा कुल खरिद मूल्यमा १८ प्रतिशत छुट पाउनेछन् । साथै, छुटसहित बैंकले १८ जना ग्राहकहरूलाई एयरबड पनि दिइने बैंकले जनाएको छ । 

ग्राहकहरूले दराजबाट न्यूनतम १८ सय रुपैयाँको खरिद गर्दा १८ प्रतिशतको छुट प्राप्त गर्नेछन् । साथै, बैंकको कार्ड प्रयोगकर्ताले यो योजना अवधिमा आफूले खरिद गरेको मूल्यमा १८ प्रतिशत, १८०० रुपैयाँसम्म मात्र छुट पाउनेछन् । 

बैंकले दराज अनलाइन स्टोरसँग समन्वय गरी आफ्ना डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई विशेष छुटकोे अनुभव सुनिश्चित गर्दै आएको छ । समयसान्दर्भिक योजना ल्याएर ग्राहकलाई लावान्भित गर्दै आएको बैंकले जनाएको छ ।

बैंकले देशभरका तीन सय ५४ शाखा कार्यालय, तीन सय ८४ एटिएम, दुई सय ३७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयबाट सेवा प्रदान गर्दै आइरहेको छ ।