लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै छ । प्रदेश सभा सचिव दुर्लभकुमार पुनले प्रदेश सभाको बैठक आज दिउँसो २ बजेदेखि बस्ने जानकारी दिए।
उनका अनुसार सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउने र दलको तर्फबाट शुभकामना मन्तव्य राख्ने सम्भावित कार्यसूची छ । हिउँदे अधिवेशनले प्रदेश चलचित्र विधेयकको अवधारणापत्रमा सैद्धान्तिक सहमति प्रदान गर्ने जनाइएको छ । चौथो अधिवेशन ३१ भदौमा अन्त्य भएको थियो ।