मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ९ मंगलबार
  • Tuesday, 24 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष ९ मंगलबार १५:३२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

१४ अंकले बढ्यो नेप्से,कारोबार कति ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष ९ मंगलबार १५:३२:oo

मंगलबार सेयर बजार बढेको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १४.११ अंकले बढेर २६२६.३१ विन्दुमा पुगेको हो। आज नेप्से ०.५४ प्रतिशतले बढ्दा कारोबार पनि बढेको छ । पाँच अर्ब २० करोड २२ लाख ६३ हजार रुपैयाँबराबरको एक करोड २७ लाख ४६ हजार ४१० कित्ता सेयर किनबेच भएको छ ।

आज १६७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ७१ वटा कम्पनीको सेयर मूल्य घटेको छ। ६ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । ३१२ वटा कम्पनी कारोबारमा आउँदा ६४ हजार ९१७ पटक सेयर किनबेच भएको छ ।

यस्तै १३ वटा समूहमध्ये दुईवटा समूह घटेको छ भने बाँकी ११ वटा समूह बढेको छ । उत्पादन तथा प्रशोधन समूह २.३२ प्रतिशतले घटेर ६ हजार ८२२.६१ विन्दुमा पुगेको छ भने ट्रेडिङ समूह ०.४५ प्रतिशतले घटेर ४ हजार ६१२.१५ विन्दुमा पुगेको छ ।

सबैभन्दा बढी विकास बैंक समूह १.७५ प्रतिशतले बढेर ५ हजार ५०३.०८ विन्दुमा पुगेको छ भने सबैभन्दा कम म्युचलुअल फन्ड समूह ०.११ प्रतिशतले बढेर २०.३५ विन्दुमा पुगेको छ ।

त्यस्तै, वाणिज्य बैंक समूह ०.७६ प्रतिशतले, फाइनान्स १.६२ प्रतिशतले, होटेल तथा पर्यटन ०.९४ प्रतिशतले, हाइड्रोपावर ०.७१ प्रतिशतले, लगानी ०.९६ प्रतिशतले, जीवन बिमा ०.२८ प्रतिशतले, लघुवित्त ०.९५ प्रतिशतले, निर्जीवन बिमा ०.५६ प्रतिशतले र अन्य समूह ०.४९ प्रतिशतले बढेको छ ।