मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ९ मंगलबार
  • Tuesday, 24 December, 2024
रासस कैलाली
२o८१ पौष ९ मंगलबार १३:o९:oo
Read Time : > 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

जानकी गाउँपालिकामा नतिजाका आधारमा विद्यालयलाई अनुदान

Read Time : > 1 मिनेट
रासस, कैलाली
नयाँ पत्रिका
२o८१ पौष ९ मंगलबार १३:o९:oo

कैलालीको जानकी गाउँपालिकाले शैक्षिक गुणस्तर सुधार गर्न नतिजाका आधारमा विद्यालयलाई अनुदान दिन सुरु गरेको छ। गाउँपालिकाले नतिजामा आधारित अनुदान कार्यक्रम कार्यविधि कार्यान्वयनमा ल्याएको छ। गाउँपालिकाले विद्यालयलाई विद्यार्थीले हासिल गरेको नतिजाका आधारमा अनुदान दिन सुरु गरेको हो।

नतिजाकै आधारमा गाउँपालिकाले चालू आर्थिक वर्षमा विद्यालयलाई अनुदान दिएको छ। आधारभूत तहमा कक्षा आठको परीक्षा र एसइईको नतिजामा धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयलाई अनुदान दिएको हो। जसअनुसार माध्यमिक तहतर्फ भृकुटी मावि प्रथम भएको छ। जसले रु. चार लाख अनुदान प्राप्त गरेको छ।

त्यसैगरी, दोस्रो जनता नमूना मावि मुनुवाले रु. दुई लाख ५० हजार प्राप्त गरेको छ भने तेस्रो अरुणोदय मावि खैरीफाँटाले रु. एक लाख ५० हजार प्राप्त गरेको छ।

आधारभूत तहतर्फ राष्ट्रिय आधारभूत विद्यालय खैरीपुर प्रथम भएको छ। राष्ट्रिय आधारभूत विद्यालयले रु. तीन लाख नगद पुरस्कार प्राप्त गरेको छ। त्यसैगरी, दोस्रो हिमालय राष्ट्रिय मावि अमरावतीले रु. दुई लाख प्राप्त गरेको छ। यसले विद्यालयलाई प्रतिस्पर्धामा ल्याउने विश्वास गाउँपालिकाको छ।

गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले विद्यालयको गुणस्तर सुधार गर्न र विद्यार्थीको सिकाइ उपलब्धि बढाउनका साथै विद्यालयलाई प्रतिस्पर्धी बनाउन गाउँपालिकाले विद्यालयलाई नतिजामा आधारित अनुदान कार्यक्रम सुरु गरेको बताए। ‘पहिलो वर्ष आधारभूत तह र माध्यमिक तहको कक्षा आठ र १० लाई प्राथमिकतामा राखिएको थियो। आउँदो वर्षदेखि कक्षा पाँचको परीक्षा नतिजाका आधारमा पनि विद्यालयले अनुदान पाउनेछन्,’ अध्यक्ष चौधरीले भने, ‘यस कार्यक्रमले शैक्षिक गुणस्तरमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास लिएका छौँ।’

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले विद्यालय र विद्यार्थीलाई सबल बनाउन गाउँपालिकाले नतिजामा आधारित अनुदान कार्यक्रम सुरु गरेको बताए। ‘यो कार्यविधिले विद्यालय तथा शिक्षकहरूलाई चुनौती पनि थपेको छ। साथै विद्यालयलाई नतिजा सुधारमा प्रतिस्पर्धी पनि बनाउनेछ,’ उनले भने, ‘यसले आगामी दिनमा गाउँपालिकाले चाहेको शैक्षिक गुणस्तर कायम गर्नमा मद्दत पुग्नेछ।’