मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ९ मंगलबार
  • Tuesday, 24 December, 2024
२o८१ पौष ९ मंगलबार १२:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वायुसेवा निगमको आन्तरिक उडान पूर्ण रूपमा बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष ९ मंगलबार १२:५१:oo

नेपाल वायुसेवा निगमको आन्तरिक उडान पूर्ण रूपमा बन्द भएको छ । अहिले आन्तरिक उडान गरिरहेको एउटा मात्रै ट्विनअटर जहाज पनि ग्राउन्डेड भएपछि आन्तरिक उडान पूर्ण रूपमा ठप्प भएको हो ।

दुईवटा ट्विनअटर जहाजबाट उडान गरिरहेकोमा एउटा जहाज गत जेठदेखि नै ग्राउन्डेड थियो । अर्को जहाज पनि आइतबारबाट ग्राउन्डेड भएपछि आन्तरिक उडान पूर्ण रूपमा बन्द हुन पुगेको नेपाल वायुसेवा निगमले जनाएको छ ।

इन्जिनको उडान आवर सकिन्छ भन्ने विषयमा पहिल्यै जानकारी भएर अर्डर गरे पनि नयाँ इन्जिन नआइपुगेको दाबी गरिएको छ । आफूसँग भएको इन्जिनबाट काम चलाउन सकिन्छ कि भनेर प्रयास गरे पनि त्यो सफल हुन नसकेको निगमको भनाइ छ ।

नेपाल एयरलाइन्सले दुईवटा ट्विनअटरबाट विभिन्न २० वटा दुर्गम गन्तव्यमा उडाउन गर्दै आएको थियो । आन्तरिक उठान नै बन्द भएपछि दुर्गम क्षेत्रमा यात्रा गर्ने यात्रुले सास्ती पाउनेछन् ।