मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ९ मंगलबार
  • Tuesday, 24 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ पौष ९ मंगलबार o९:o६:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाल इन्टरनेसनल च्यालेन्ज : नम्बर एक खेलाडी प्रिन्स र रसिला बाहिरिए

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ पौष ९ मंगलबार o९:o६:oo

नेपालका खेलाडीहरूले नेपाल इन्टरनेसनल च्यालेन्ज २०२४ को पहिलो दिन राम्रो प्रदर्शन गर्न सकेनन् । राखेपको कभर्ड हलमा सोमबार नेपालका पुरुष र महिलातर्फका नम्बर एक खेलाडी पहिलो चरणबाट बाहिरिएका छन् । पुरुषतर्फ प्रिन्स दाहाल भारतका खेलाडी कविन थाङमसँग २२–२०, १२–२१ र १३–२१ ले पराजित भए । महिलामा रसिला महर्जन भारतीय खेलाडी अदिती भट्टसँग सीधा सेटमा पराजित हुँदै पहिलो चरणबाटै बाहिरिएकी छिन् । रसिला २१–११ र २१–१४ ले पराजित भएकी हुन् । महिला एकलमा मलेसियाकी किसोना सेल्वान्दुर्य, भारतकी साई उत्तेजिता राव चुक्का, थाइल्यान्डकी तिदाप्रोन क्लिविसुन प्रिक्वार्टर फाइनलमा पुगेका छन् । 

विश्व ब्याडमिन्टन महासंघको मान्तयताप्राप्त प्रतियोगितामा पुरुष एकल क्वालिफाइङ राउन्डमा नेपालका क्षितिज खनालले पहिलो चरणमा जित निकाले । उनले भारतका चरन नायक खेलबतुलाई २१–१४, १७–२१ र २१–१७ ले हराए । तर, खनाल दोस्रो चरणमा भारतका सिद्धान्त सलारबाट २१–१८ र २१–८ ले पराजित भए । यससँगै खनालको एकल यात्रा समाप्त भयो । छनोट खेलमा नेपालका देव राना भारतका सिद्धान्त सलारबाट २१–११ र २१–११ ले हारे । 

पुरुषतर्फ नेपालबाट सहभागी भएका भोजबहादुर गुरुङ, जीवन आचार्य, प्रफुल महर्जन, अमन महर्जन र सुनील जोशी छनोट चरणमै रोकिएका छन् । नेपाल ब्याडमिन्टन संघको आयोनजा भइरहेको प्रतियोगितामा २२ राष्ट्रका १०७ खलाडीले भाग लिएका छन् । नेपालबाट पुरुषमा ९ र महिलामा सात खेलाडीले भाग लिएका हुन् । 

खेल पर्यटनको प्रमुख गन्तव्य नेपाल : प्रचण्ड
प्रतियोगिताको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल खेल पर्यटनको प्रमुख गन्तव्य बन्न सक्ने बताएका छन् । ‘नेपाल विभिन्न खेलकुद गतिविधिका लागि आकर्षक स्थलका रूपमा लोकप्रिय बन्दै गएको छ । यसले खेलकुद पर्यटनको केन्द्र र प्रमुख गन्तव्य बनाउने सम्भावना बढाउँदै लगेको छ,’ प्रचण्डले भने । 

खेलले विभिन्न क्षेत्र, भाषा, र संस्कृतिका व्यक्तिलाई एकै ठाउँमा ल्याउने उनको भनाइ छ । ‘खेल प्रतिस्पर्धाका लागि नभई विभिन्न देशका खेलाडीबिच सद्भाव, मित्रता, र समझदारीको प्रतीक भन्ने अर्थ दिन्छ,’ उनले भने, ‘खेलकुदले राजनीतिक सिमानाभन्दा परको वैश्विक सम्बन्ध निर्माण गर्न भूमिका खेलिरहेको छ ।’ खेलकुदलाई राष्ट्रको प्रतिष्ठा बढाउन र अर्थतन्त्रलाई अघि बढाउन महŒवपूर्ण आधार भएको प्रचण्डले बताए । 

‘म तपाईंलाई स्मरण गराउन चाहन्छु मेरो प्रधानमन्त्रीत्वकालमै मैले खेलकुद पूर्वाधार विकास र खेलाडीहरूलाई प्रोत्साहन गर्ने महŒवपूर्ण पहलहरू सुरु गरेको थिएँ । आगामी दिनमा म नेपाली खेलकुद क्षेत्रको विकासमा समर्पित रहनेछु,’ पूर्वप्रधानमन्त्री प्रचण्डले भने ।