सोमबार नेपाल स्टक एक्सचेन्ज नेप्से २९.९१ अंकले बढेको छ। नेप्से १.११ प्रतिशतले बढेर २६१२.२० बिन्दुमा पुगेको छ। आज नेप्से बढ्दा ४ अर्ब ४३ करोड २४ हजारबराबरको कारोबारको ८९ लाख ८ हजार ८५१ कित्ता सेयर कारोबार भएको छ।
आज १९४ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ४२ वटा कम्पनीको सेयर मूल्य घटेको छ। ८ वटा कम्पनीको सेयर मूल्य स्थिर छ। आज ३२८ वटा कम्पनी कारोबारमा आउँदा ५५ हजार ९३८ पटक सेयर किनबेच भएको छ ।
आज ५ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने मानुषी लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। सोमबार १३ समूहमध्ये म्युचुअल फन्डबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ। आज म्युचुअल फन्ड ४.२१ प्रतिशतले घटेर २०.३३ विन्दुमा पुगेको छ।
आज सबैभन्दा बढी हाइड्रोपावर समूह २.६५ प्रतिशतले बढेर ३ हजार ५१५.४२ बिन्दुमा पुगेको छ। आज सबैभन्दा कम निर्जीवन बिमा कम्पनी ०.११ प्रतिशतले बढेर १२ हजार ४२६.५८ विन्दुमा पुगेको छ।
त्यस्तै, वाणिज्य बैंक समूह ०.८४ प्रतिशतले विकास बैंक १.१५ प्रतिशतले, फाइनान्स १.६७ प्रतिशतले, होटेल तथा पर्यटन ०.४३, लगानी ०.५१ प्रतिशतले, उत्पादन तथा प्रशोधन २.४६ प्रतिशतले, लघुवित्त ०.१८ प्रतिशतले, अन्य समूह ०.६३ प्रतिशतले र ट्रेडिङ समूह ०.४६ प्रतिशतले बढेको छ।