मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ७ आइतबार
  • Sunday, 22 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ पौष ७ आइतबार o९:१३:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ पौष ७ आइतबार o९:१३:oo

सन् १८४९ : सरकारविरोधी गतिविधिमा सहभागी भएको आरोपमा प्रख्यात रुसी उपन्यासकार फ्योदोर दोस्तोयभ्स्कीलाई आजकै दिन गोली हानेर मृत्युदण्ड दिन लगिएको थियो । तर, अन्तिम समयमा उनको सजाय कम गरेर निर्वासन पठाइयो ।  

सन् १८५१ : भारतको रुर्कीमा देशको पहिलो मालबाहक रेलसेवा सुरु । 

सन् १८८५ : इटो हिरोबुमी जापानको पहिलो प्रधानमन्त्री बने ।

सन् १९४२ : जर्मन अत्याधुनिक रकेट भी–२ लाई दोस्रो विश्वयुद्धमा हतियारको रूपमा प्रयोग गराउन एडोल्फ हिटलरले आदेश दिने अध्यादेशमा हस्ताक्षर गरे ।

सन् १९७४ : सम्पूर्ण आयरल्यान्डलाई बेलायती शासनबाट अलग गर्न संघर्षरत आइरिस रिपब्लिकन आर्मी(आइआरए)ले बेलायतका पूर्वप्रधानमन्त्री एड्वार्ड हिथको आवासमा बम विस्फोट गरायो । घटनामा कुनै हताहती भएन ।

सन् १९८१ : अर्जेन्टिनी सैन्य तानाशाह लियोपोल्डो गाल्टिएरीले आजकै दिन राष्ट्रपतिको शपथ खाएका थिए । 

सन् १९८९ : २३ वर्ष लामो तानाशाही शासनपछि रोमानियाली शासक निकोला चाउसेस्कु अपदस्त गरिए । 

सन् १९९० : पोल्यान्डको कम्युनिस्ट शासनविरुद्ध सफल आन्दोलनको नेतृत्व गरेका लेबर अभियन्ता लेक बालेसा पोल्यान्डको पहिलो प्रजातान्त्रिक निर्वाचनमा राष्ट्रपति चुनिए । 

सन् १९९४ : इटलीका तत्कालीन प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीले उनको पहिलो कार्यकालबाट राजीनामा दिए । 

सन् २००१ : अमेरिकाले तालिबान अपदस्थ गरेपछि देशको शासन नेतृत्व सम्हालिरहेका ‘अफगान उत्तरी गठबन्धन’का नेता बुरहानुद्दिन रब्बानीले शासनसत्ता हमिद कार्जाईको नेतृत्वलाई सत्ता हस्तान्तरण गरे । 

सन् २०१६ : इबोलाविरुद्धको विश्वको पहिलो प्रमाणित खोप ‘भिएसभी–इबिओभी’ ७०–१०० प्रतिशत प्रभावकारी रहेको अध्ययन चर्चित वैज्ञानिक जर्नल ल्यान्टेन्समा प्रकाशित भयो ।