Skip This
एनपिएलको अर्काे संकरणलाई अझै सभ्य र भव्य बनाउने छौंः पारस खड्का 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ६ शनिबार
  • Wednesday, 23 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष ६ शनिबार २३:o१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

एनपिएलको अर्काे संकरणलाई अझै सभ्य र भव्य बनाउने छौंः पारस खड्का 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष ६ शनिबार २३:o१:oo

नेपाल क्रिकेट संघ(क्यान)का सचिव पारस खड्काले एनपिएलको अर्काे संकरणलाई अझै सभ्य र भव्य बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। पहिलो संकरणलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिदै उनले एनपिएललाई विश्वकै उत्कृष्ट लिगहरुमध्येको एक बनाउने उदेश्य रहेको बताए । 

उनले शनिबार फेसबुकमा लेखेका छन्–
भविष्यमा यस लिगलाई विश्वकै उत्कृष्ट लिगहरु मध्येको एक बनाउने हाम्रो लक्ष्यका साथ अर्को संस्करणलाई अझ सभ्य र भव्य बनाउन प्रतिवद्द रहनेछौं। 

आज सफलता पुर्वक सम्पन्न भएको छ। विजेता जनकपुर बोल्ट्सलाई हार्दिक बधाई साथै सम्पुर्ण सहभागी फ्रेन्चाईज टिमहरु र खेलाडीहरुलाई धन्यबाद।  

नेपाल क्रिकेट संघको “ड्रिम प्रोजेक्ट” का रुपमा रहेको यस प्रतियोगितालाई सम्पन्न गर्न सहयोग गर्नुहुने नेपाल सरकार, सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली, पुर्व–प्रधानमन्त्री द्वय श्री शेर बहादुर देउवा तथा श्री पुष्प कमल दाहाल “प्रचण्ड” , राष्ट्रिय खेलकुद परिषद (राखेप) , ८ फ्रेन्चाईज टिमका मालिकहरु, सम्पूर्ण प्रायोजकहरु तथा क्रिकेटलाई अथाह माया गर्ने सम्पुर्ण समर्थक तथा शुभेच्छुक महानुभावहरुलाई हृदयदेखि धन्यबाद दिन चाहन्छु। 

तपाईं सम्पूर्णको माया र साथले सिमित श्रोत–साधनका बावजुत देशको गरिमालाई क्रिकेटको माध्यमबाट विश्वसामु पुर्याउंदै देशको सिंगो अर्थतन्त्र, पर्यटन, खेल, उद्यमलाई नै गतिशील बनाउंदै यस प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ। 

भविष्यमा यस लिगलाई विश्वकै उत्कृष्ट लिगहरु मध्येको एक बनाउने हाम्रो लक्ष्यका साथ अर्को संस्करणलाई अझ सभ्य र भव्य बनाउन प्रतिवद्द रहनेछौं।

क्यानले पारसकै नेतृत्वमा एनपिएल आयोजना गरेको हो। पहिलो संस्करण भव्य भएको भन्दै उनको प्रशंसा भइरहेको छ।