
एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)को कार्यभार आजदेखि गोविन्द घिमिरेले औपचारिक रूपमा सम्हालेका छन्। तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका घिमिरे विगत १६ वर्षदेखि एनएमबि बैंकसँग आबद्ध छन्।
बैंकको विभिन्न विभाग तथा शाखाहरूसमेतको नेतृत्व गरी कार्य अनुभव हासिल गरेका घिमिरे यसअघि बैंकको नायब प्रमुख कार्यकारी अधिकृत थिए। उनले बैंकको सेवा विस्तार र सुधारमा महत्त्वपूर्ण योगदान दिएका छन्। उनको योगदानहरू बैंकको व्यापार, वित्त, क्रेडिट जोखिम व्यवस्थापन, रणनीतिक योजना निर्माण र सञ्चालन सुधारका कार्यहरूमा विशेष रूपले महत्त्वपूर्ण रहँदै आएकाे बैंकले जनाएको छ।
घिमिरेले एनएमबि बैंकको सञ्चालन प्रणालीमा सुधार ल्याउन, प्रविधिमा आधारित सेवा विस्तार गर्न र दिगो बैंकिङ अभ्यासहरूलाई अघि बढाउन निरन्तर सक्रिय भूमिका निभाएका छन्। उनको बैंकिङ अनुभवले एनएमबि बैंकलाई थप प्रगति र समृद्धिको मार्गमा अघि बढाउने विश्वास लिएको बैंकले जनाएको छ।
नवनियुक्त कार्यकारी अधिकृत श्री गोविन्द घिमिरेले प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्दै बैंक सञ्चालक समिति तथा व्यवस्थापनसमक्ष आगामी योजना तथा बैंकको प्रगतिका लागि देहायबमोजिमको धारणा व्यक्त गरे।