Skip This
प्रधानमन्त्री ओलीले गरे दमक भ्यु टावरको उद्घाटन
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर २३ आइतबार
  • Saturday, 25 January, 2025
२o८१ मङ्सिर २३ आइतबार १६:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री ओलीले गरे दमक भ्यु टावरको उद्घाटन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर २३ आइतबार १६:o५:oo

प्रधानमन्त्री केपी ओलीले दमक नगरपालिका– ३ स्थित दमक भ्यु टावर (दमक व्यापारिक कम्प्लेक्स)को उद्घाटन गरेका छन्। उनले पानसमा बत्ती बालेर र रिबन काटेर भ्यु टावर उद्घाटन गरेका हुन्।

ओली दोस्रोपटक प्रधानमन्त्री हुँदा २७ असार ०७६ मा एक अर्ब ५६ करोड १४ लाखमा भ्युटावरको निर्माण ठेक्का लागेको थियो। २७ पुस ०७८ मा निर्माण सम्पन्न गर्ने गरी टावर निर्माणका लागि चिनियाँ कम्पनी जेडसिजिआइइसी, आशिष र ओम साइराम जेभीले ठेक्का लिएका थिए। यो भ्युटावर सहरी विकास मन्त्रालयअन्तर्गत निर्माण भएको हो।

सरकारले विशिष्ट संरचनाहरूको सञ्चालन र व्यवस्थापन निजी क्षेत्रलाई दिने गरी विकास समिति (गठन) आदेश जारी गरिसकेको छ। जसअन्तर्गत दमकको भ्यु टावर पनि सञ्चालन हुनेछ। तर, यो भ्यु टावरमा कस्ता व्यवसाय सञ्चालन हुन्छन् भन्ने अहिलेसम्म टुंगो लागेको छैन।

यस्तै, भ्यु टावर निर्माण भए पनि यसको घर नक्सा दमक नगरपालिकाबाट पास भएको छैन। घर नक्सा मात्र होइन, सरकारी निकायबिचको समन्वय अभावले अझैसम्म वातावरणीय प्रभाव मूल्यांकन पनि हुन सकेको छैन।