Skip This
भारतीय ग्यास बुलेट दुर्घटनामा बेपत्ता खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर २३ आइतबार
  • Saturday, 25 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर २३ आइतबार १३:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भारतीय ग्यास बुलेट दुर्घटनामा बेपत्ता खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर २३ आइतबार १३:३४:oo

धादिङको बेनीघाट रोराङ गाउँपालिका– ५ कृष्णभिरस्थित पृथ्वी लोकमार्गमा आइतबार बिहान दुर्घटनामा परेको एनएल–०२ एल–३९०७ नम्बरको भारतीय ग्यास बुलेटमा रहेका चालक तथा सहचालकको खोजीकार्यमा गोताखोरसहितको सशस्त्र प्रहरी परिचालन भएको छ।

चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको ग्यास बुलेट गति अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल त्रिशूली नदीमा खसेको हो।

सशस्त्र प्रहरी बल नेपाल विपत् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र विपत् व्यवस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक अश्विनकुमार गुरुङको कमान्डमा गोताखोरसहित विपत् व्यवस्थापन तालिमप्राप्त  सुरक्षा फौज  परिचालन गरिएको सशस्त्रका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।