Skip This
रेग्मी, घले र शर्मा षडानन्द पुरस्कारबाट सम्मानित 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर २२ शनिबार
  • Saturday, 25 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर २२ शनिबार २१:३३:oo
Read Time : < 1 मिनेट
सप्तरंग

रेग्मी, घले र शर्मा षडानन्द पुरस्कारबाट सम्मानित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर २२ शनिबार २१:३३:oo

आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानले ०८१ सालको षडानन्द राष्ट्रिय पुरस्कार प्राडा जगदीशचन्द्र रेग्मी, षडानन्द राष्ट्रिय समाज सेवा पुरस्कार सुश्री भद्राकुमारी घले र षडानन्द क्षेत्रीय पुरस्कार कुन्ता शर्मालाई प्रदान गरेको छ। प्रतिष्ठानको १७औँ वार्षिकोत्सव तथा बालगुरु षडानन्दको १९०औँ जन्मजयन्तीको अवसरमा शुक्रबार आयोजित कार्यक्रमबिच पुरस्कार प्रदान गरिएको हो।

कार्यक्रममा प्राडा तीर्थबहादुर श्रेष्ठले प्राध्यापक रेग्मीलाई एक लाख, भद्राकुमारी घले र कुन्ता शर्मालाई ५१–५१ हजार राशीको उक्त पुरस्कार प्रदान गरेका थिए। नेपालको इतिहास, संस्कृति, कला तथा वास्तुकलाका क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै प्राडा रेग्मीलाई उक्त पुरस्कार प्रदान गरिएको प्रतिष्ठानका सचिव प्राडा बद्रीविशाल भट्टराईले बताए।
समाजसेवा तथा साहित्यका क्षेत्रमा पुर्‍याएको योगदानको सम्मान गर्दै भद्राकुमारी घले र जागृतिमूलक कविता लेखी सामाजिक विकृतिविरुद्ध साहित्यमार्फत सशक्त आवाज उठाएकाले कुन्ता शर्मालाई उक्त पुरस्कार प्रदान गरिएको भट्टराईले बताए। 

श्रेष्ठले पुरस्कृत व्यक्तित्वहरूले देश र समाजका लागि पुर्‍याएको योगदानको मुक्तकण्ठले प्रशंसा गरे। षडानन्दजस्तो महात्माको नाममा स्थापित पुरस्कार पाउनु गर्वको विषय भएको पुरस्कृत व्यक्तित्वहरूले बताए। प्रतिष्ठानका अध्यक्ष प्राध्यापक चेतोनाथ गौतमको अध्यक्षतामा भएको उक्त पुरस्कार वितरण समारोहमा प्रतिष्ठानलाई आर्थिक सहयोग गर्ने महानुभावहरूलाई दाता सम्मान पत्र र नयाँ आजीवन सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो।