मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर २२ शनिबार
  • Thursday, 26 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर २२ शनिबार २o:४३:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

देशभरि नौ दुर्घटना, १० जनाको मृत्यु 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर २२ शनिबार २o:४३:oo

शुक्रबार र शनिबार देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै दुर्घटनामा १० जनाले ज्यान गुमाएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार नौ जिल्लामा दुर्घटना भएका छन्। 

कपिलवस्तुमा शनिबार बिहान भएको दुर्घटनामा दुईजनाले ज्यान गुमाएका छन्। शुद्धोधन गाउँपालिका–३, गुलरीस्थित सडकमा लु.२ ख २३१ नम्बरको बस, बा.१४ च ७४४८ नम्बरको कार र लु.३८ प ९१९९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार बिहान दुर्घटना हुँदा बा.१४ च ७४४८ नम्बरको कारमा सवार २ जनाको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका कारचालक वाणगंगा नगरपालिका–४ हरिहरपुर बस्ने ४५ वर्षीय ईन्द्रबहादुर सार्कीको जिल्ला अस्पताल तौलिहवामा र कारमा सवार प्युठान घर भएका ४३ वर्षीय निमबहादुर सारूको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो। साथै, दुर्घटनामा घाइते भएका कारमा सवार १ जनाको मेडिकल कलेज भैरहवामा र मोटरसाइकलमा सवार २ जनाको सिटी अस्पताल भैरहवामा उपचार भइरहेको छ। बसचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

नवलपरासी पश्चिम, रामग्राम नगरपालिका–११ जमुवाडस्थित सडकमा हाल नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिलाको शुक्रबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार ठक्कर दिने सवारीसाधनको  खोजी भइरहेको प्रहरीले जनाएको छ।

 नवलपरासी पश्चिम, रामग्राम नगरपालिका–१४ रक्सहवास्थित सडकमा ना.२ ह २४३४ नम्बरको अटो रिक्साबाट खसेर अटोमा सवार सोही नगरपालिका–१७ पटखौली बस्ने ५२ वर्षीय भोनुप्रसाद केवटको शुक्रबार दिउँसो मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको भैरहवा मेडिकल कलेज रुपन्देहीमा थप उपचारको क्रममा मृत्यु भएको हो। अटोचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

धनुषा, जनकपुर उपमहानगरपालिका–१९, थुमौनास्थित सडकमा ज.११ प ६८५६ नम्बरको मोटरसाइकल र स.८ प ३४७७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार बेलुकी दुर्घटना हुँदा स.८ प ३४७७ नम्बरको मोटरसाइकलचालक सबैला नगरपालिका–२ बस्ने ५५ वर्षीय नारायणप्रसाद साहको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएकी स.८ प ३४७७ नम्बरको मोटरसाइकलमा सवार नारायणप्रसादकी श्रीमतीको रामा अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ज.११ प ६८५६ नम्बरको मोटरसाइकलचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

सर्लाही, ईश्वरपुर नगरपालिका–१२ स्थित सडकमा हाल नम्बरको नखुलेको गाडीले ज.२ प ७९९२ नम्बरको मोटरसाइकललाई शुक्रबार साँझ ठक्कर दिँदा मोटरसाइकलचालक महोत्तरी औरही नगरपालिका–५ श्रीपुर बस्ने २३ वर्षीय दिलीप मुखियाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको नगर अस्पताल लालबन्दी हुँदै प्रादेशिक अस्पताल मलंगवामा थप उपचारको क्रममा मृत्यु भएको हो। साथै, दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको त्रिदेव अस्पताल रानिगन्जमा उपचार भइरहेको छ। ठक्कर दिने गाडीका चालक फरार छन्। 

सुनसरी, इनरुवा नगरपालिका–६, भोटेपुलस्थित सडकमा हाल नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ९३ वर्षीय अमरबहादुर अधिकारीको शनिबार बिहान मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको हो।  

 उदयपुर, त्रियुगा नगरपालिका–१०, बोक्से आर्मी ब्यारेकअगाडि सडकमा बोक्सेबाट गाईघाटतर्फ जाँदै गरेको बा प्र–०१–००६ ख ५८७१ नम्बरको हायसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–११, चपन बस्ने ५० वर्षीय परनशेर राईको शनिबार बिहान मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा मृत्यु भएको हो। हायसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

 झापा, कन्काई नगरपालिका–८, लक्ष्मीपुर पूर्व बस स्टेसनस्थित सडकमा बिर्तामोडबाट सुरुंगातर्फ जाँदै गरेको ना.४ च ४०८४ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय गर्बसिंह राईको शनिबार बिहान मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। गाडीचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

बारा, जितपुरसिमरा उपमहानगरपालिका–८ इमलिप्रतिस्थित आरएमसि मेटल कम्पनीभित्र प्र.२–००१ क१०४३ नम्बरको हाइड्रा (क्रेन)को ठक्करबाट सोही कम्पनीमा काम गर्ने सर्लाही घर भएका ५२ वर्षीय पर्शुराम चौधरीको शनिबार बिहान मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको हो। क्रेनचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।