मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १५ शनिबार
  • Monday, 16 December, 2024
२o८१ मङ्सिर १५ शनिबार १६:o२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मुगुको लिब्रुगाउँमा पहिलोपटक गाडी पुग्यो, स्थानीय हर्षित 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर १५ शनिबार १६:o२:oo

जिल्लाको उत्तरी सोरु गाउँपालिकाएका- ४, लिब्रुगाउँमा पहिलोपटक गाडी पुग्दा स्थानीयवासी खुसी भएका छन्। सोरु गाउँपालिकाको केन्द्र सोरुकोट मसिनमेला हुँदै लिब्रु सडकको १३ किलोमिटर सडकको ट्र्याक खुलेसँगै पहिलोपटक लिब्रु गाउँमा गाडी पुगेको हो। गाउँमा गाडी पुगेपछि आफूहरूको वर्षौँदेखि गाउँबाट गाडी चढ्ने सपना पूरा भएको स्थानीयवासीले बताएका छन्।

यो सडक निमार्णमा सोरु गाउँपालिका, कर्णाली प्रदेश सरकार र स्थानीय पूर्वाधार विकास कार्यक्रम करिब २ करोड लगानीमा सडक निर्माण भएको जनाइएको छ। सोरुकोट मसिनमेला हुँदै लिब्रु सडकको बिहीबार सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाही र पूर्वशिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लले संयुक्त रूपमा उद्घाटन गरेका थिए।

कार्यक्रममा बोल्दै सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले चुनावका वेला कर्णाली करिडोर जोड्न र गाउँ–गाउँमा विद्युत् र सडक पुर्‍याउने वचन दिएकोमा त्यसैअनुरूप गाउँ–गाउँम सडक पुर्‍याउन सफल भएको बताए। 

सोरु गाउँपालिकामा हरेक ११ वडाका ५६ बस्तीमध्ये अधिकांश वडा बस्तीमा सडक सञ्जाल जोडिएको छ। हरेक वडा–बस्तीमा सडक जोड्ने लक्ष्य तथा उद्देश्यबमोजिम करिब ५० बस्तीमा सडक पुगेको र बाँकी रहेका बस्तीमा आगामी वर्षसम्म जसरी भए पनि सडक पुर्‍याउने अध्यक्ष शाहीले बताए। उनका अनुसार यो सडकलाई हुम्ला कर्णालीमा बेलिब्रिजको व्यवस्थापन गरी कर्णाली करिडोरमा पनि जोडिनेछ। 

सोरुकोट मसिनामेला हुँदै लिब्रु जोड्ने सडकले पालिकाका नागरिकलाई मात्र सहज नभई हुम्लाका नागरिकलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ। यो सडकले हुम्लाका सर्केगाडा, अदानचुली र चंखेली गाउँपालिकाका स्थानीयलाई पनि यातायातका क्षेत्रमा सहज हुने भएको छ।

सोरुकोटमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट हुम्लाका नागरिकलाई राजस्व, पेन्सनलगायतका सुविधा पालिकामा उपलब्ध नहुने बैंकिङ सेवा लिन हुम्ला सदरमुकाम सिमिकोट जानुभन्दा सोरुकोट आउन सहज हुने भएकाले यस सडकले हुम्लाका नागरिकलाई पनि सहज हुने सोरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थराज शाहीले बताए।

गाउँपालिकाको लिब्रु गाउँमा सबैभन्दा बढी सिमी, मास, केरालगायत उत्पादन हुने गर्दछ। यातायातको सुविधा नहुँदा सिमी, मास सदरमुकाम गमगढी बजारमा बोकेर बिक्रीका लागि ल्याउने समस्या थियो। अब गाउँमै गाडी पुगेपछि बिक्रीको लागि पनि सहज हुने स्थानीय अगसरा शाहीले बताइन्। अब गाउँमा गाडी पुगेकाले धेरै उत्पादन हुने खाद्यान्न फलफूल, बजारीकरणमा सहज हुने उनको भनाइ छ।