Skip This
नेपाल प्रिमियर लिग : ओमानका मक्सुद कर्णालीमा अनुबन्ध
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १० सोमबार
  • Monday, 25 November, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ मङ्सिर १० सोमबार o९:५५:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाल प्रिमियर लिग : ओमानका मक्सुद कर्णालीमा अनुबन्ध

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ मङ्सिर १० सोमबार o९:५५:oo

कर्णाली याक्सले ओमानका पूर्वकप्तान जिसन मक्सुदलाई नेपाल प्रिमियर लिग (एनपिएल)का लागि अनुबन्ध गरेको छ । हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णालीले ३७ वर्षीय अनुभवी अलराउन्डरलाई टोलीमा समावेश गरेको जनाएको छ । बायाँहाते ब्याट्सम्यान मक्सुद कर्णालीमा अनुबन्ध हुने पाँचौँ खेलाडी हुन् । कर्णालीले विश्व क्रिकेट तथा भारतीय टोलीका चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरिसकेको छ । 

धवन एनपिएलमा खेल्ने सबैभन्दा ठूलो विदेशी नाम हुन् । टोलीमा वेस्ट इन्डिजबाट टेस्ट खेलिसकेका चादविक वाल्टन र हङकङबाट अन्तर्राष्ट्रिय खेल खेलिरहेका अनुभवी खेलाडी बाबर हायात छन् । ज्ञानेन्द्र मल्ल प्रशिक्षक तथा सोमपाल कामी मार्की रहेको कर्णालीले ट्यालेन्ट हन्टबाट विपिनप्रसाद शर्मालाई आइकोनिक प्लेयर्सका रूपमा छनोट गरिसकेको छ ।

टोलीमा नेपाल राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्सन झा, देव खनालसहित नन्दन यादव छन् । अन्य खेलाडीमा ‘बी’ श्रेणीबाट अर्जुन घर्तीसहित ऋत गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिसविक्रमसिंह ठकुरीसँगै दीपक डुम्रे छन् । प्रशिक्षक मल्लले अलराउन्डर मक्सुदको आगमनसँगै टोलीको ब्याटिङ र बलिङ बलियो हुने बताए । ‘मक्सुद अनभुवी ब्याट्सम्यान र बलर हुन् । उसको आगमनसँगै कर्णालीको ब्याटिङ र बलिङ लाइन बलियो हुने आशा छ,’ मल्लले भने । 

मक्सुदले पनि एनपिएल खेल्न आफू उत्साहित रहेको बताएका छन् । उनले ओमानका लागि ४८ एकदिवसीयमा एक हजार २७३ रन बनाएका छन् । त्यस्तै, ७३ टी–२० आईमा एक हजार ३६९ रन बनाएका छन् । उनले बलिङतर्फ टी–२० आईमा ५१ विकेट लिएका छन् ।

प्रधानमन्त्री ओलीले धरहराबाट ट्रफी अनावरण गर्ने
प्रधानमन्त्री केपी ओलीले सोमबार पहिलो संस्करणको एनपिएलको ट्रफीको अनावरण गर्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले प्रधानमन्त्री ओलीले बिहान ८ः३० बजे एनपिएलको ट्रफी अनावरण गर्ने जनाएको छ । एनपिएल १५ मंसिरदेखि ६ पुससम्म त्रिवि क्रिकेट मैदानमा हुँदै छ । एनपिएलमा आठ फ्रेन्चाइच टोलीले सहभागिता जनाएका छन् ।