Skip This
परिसंघको वरिष्ठ उपाध्यक्षमा पाण्डे 
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १० सोमबार
  • Monday, 25 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर १० सोमबार o९:३८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

परिसंघको वरिष्ठ उपाध्यक्षमा पाण्डे 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर १० सोमबार o९:३८:oo

नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन भएका छन् । नेपाल उद्योग परिसंघको आइतबार बसेको गभर्निङ काउन्सिल समितिले परिसंघको विधानअनुरूप पाण्डेलाई वरिष्ठ उपाध्यक्ष चयन गरेको हो । 

आगामी वार्षिक साधारणसभापछि पाण्डे परिसंघको स्वतः अध्यक्ष बन्नेछन् । परिसंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नयाँ कार्यकालका लागि स्वतः अध्यक्ष हुने व्यवस्था छ ।

०७२ देखि परिसंघको राष्ट्रिय परिषद् सदस्यसँगै विभिन्न समितिमा रहेर काम गरिसकेका उनी ०७५ देखि परिसंघको उपाध्यक्ष रहँदै आएका छन् । पाण्डे तीन दशकदेखि निरन्तर निर्माण उद्योगमा संलग्न छन् ।

सिभिल इन्जिनियरिङ, आवास र सहरी विकास, सडक तथा पुल, जलस्रोत व्यवस्थापन, संरचनात्मक प्रबलीकरणमा दख्खल राख्ने उनी नेपाल आदर्श निर्माण कम्पनीका कार्यकारी निर्देशक हुन् । उनी हरित सामग्री निर्माण, कृषि तथा शिक्षा क्षेत्रमा समेत सक्रिय छन् ।