Skip This
शुल्क तोकेको पहिलो दिन ६६३ जनाले चढे धरहरा
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १० सोमबार
  • Monday, 25 November, 2024
तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२o८१ मङ्सिर १० सोमबार o६:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

शुल्क तोकेको पहिलो दिन ६६३ जनाले चढे धरहरा

धरहरा चढ्न नेपालीलाई दुई सय, सार्क राष्ट्रका पर्यटकलाई पाँच सय र सार्क राष्ट्रबाहेककालाई एक हजार शुल्क

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ मङ्सिर १० सोमबार o६:४o:oo

सरकारले धरहरा चढ्न शुल्क तोकेको पहिलो दिन आइतबार ६६३ जनाले चढेका छन् । यसबाट एक लाख २० हजार ६५० रुपैयाँ राजस्व संकलन भएको छ । धरहरा चढ्न नेपालीलाई दुई सय, सार्क राष्ट्रका पर्यटकलाई पाँच सय र सार्क राष्ट्रबाहेककालाई एक हजार शुल्क तोकिएको छ ।

विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिहरूले भने धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउँछन् । तर, सरकारले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, ०८१ बमोजिम धरहराको सञ्चालन र व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिने तयारी गरेको छ । हाललाई सहरी विकास मन्त्रालयले शुल्क तोकेर धरहरा चढ्ने प्रबन्ध गरेको छ ।