मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ९ आइतबार
  • Sunday, 24 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर ९ आइतबार o७:o२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनसेलमा भ्वाइस र डेटा साटेर चलाउने सुविधा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर ९ आइतबार o७:o२:oo

एनसेलका ग्राहकले एक नयाँ विशेष सुविधाबाट फाइदा लिन सक्ने भएका छन् । यो सुविधाअन्तर्गत ग्राहकले आफ्नो ‘सधैँ अन’ प्याकमा बाँकी भ्वाइस सेवालाई डेटासँग वा डेटा सेवालाई भ्वाइससँग आफ्नो आवश्यकताअनुसार साटेर सेवाको फाइदा लिन सक्छन् ।

सधैँ अनमा ग्राहकले प्याकअनुसार भ्वाइस, डेटा र एसएमएस बन्डल सेवा पाउँदै आएका छन् । सेवा प्रयोग गर्दा डेटा सकिएर भ्वाइस मात्रै बाँकी रहेको खण्डमा ग्राहकले त्यस्तो बाँकी भ्वाइसलाई एनसेल एपमार्फत परिवर्तन गर्न सक्छन् ।

त्यसैगरी, बाँकी डेटालाई पनि भ्वाइसमा रूपान्तरण गर्न सकिन्छ । यो सुविधा सधैँ अनका ३९९, ४९९ र ५९९ रुपैयाँका प्याकमा मान्य हुनेछ । ग्राहकले आफ्नो एनसेल एपमा ‘एक्सचेन्ज डेटा अर भ्वाइस’मा गई आफूलाई आवश्यक परेको सेवाअनुसार प्रयोग हुन बाँकी डेटासँग भ्वाइस वा भ्वाइससँग डेटा साट्न सक्नेछन् ।