मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ९ आइतबार
  • Sunday, 24 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर ९ आइतबार o७:oo:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

३०औँ वार्षिकोत्सवमा बिवाइडीका एक सय गाडी डेलिभरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर ९ आइतबार o७:oo:oo

विद्युतीय सवारीसाधन (इभी) निर्माता कम्पनी बिवाइडीको ३०औँ वार्षिकोत्सवमा नेपालस्थित साइमेक्स इंकले एक सय विद्युतीय गाडी डेलिभरी गरेको छ । यसले नेपाललाई दिगो यातायाततर्फ उन्मुख गराउने प्रयासलाई अझ बलियो बनाउँदै हरित भविष्यप्रति बिवाइडीको प्रतिबद्धता देखाएको कम्पनीले जनाएको छ ।

विश्वव्यापी रूपमा बिवाइडी एक करोड सवारीसाधन उत्पादन गर्ने पहिलो निर्माता बनेको छ । यसले नवप्रवर्तन, दिगोपन र शून्य उत्सर्जनतर्फको भविष्यप्रतिको प्रतिबद्धता प्रमाणित गरेको कम्पनीको दाबी छ ।

साइमेक्सले बिवाइडी अट्टो ३, बिवाइडी डल्फिन, बिवाइडी सिलजस्ता आधुनिक मोडेल बेचिरहेको जनाएको छ । यी गाडीहरूमा अत्याधुनिक ब्लेड ब्याट्री प्रविधि, सुरक्षाको उच्च स्तर र उत्कृष्ट प्रदर्शनका कारणले नेपाली ग्राहकको रोजाइमा परेको बताइएको छ ।

‘३०औँ वार्षिकोत्सवमा नेपालभर एक सय गाडी डेलिभरीको उपलब्धि हाम्रा लागि गर्वको क्षण हो,’ साइमेक्सका नेसनल सेल्स प्रमुख अशुतोष गौतमले भने ।