मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ७ शुक्रबार
  • Friday, 22 November, 2024
२o८१ मङ्सिर ७ शुक्रबार o७:५२:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

इजरायली प्रधानमन्त्री नेतन्याहुविरुद्ध पक्राउ पुर्जी जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर ७ शुक्रबार o७:५२:oo

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी)ले युद्ध र मानवताविरुद्धको अपराधको आरोपमा बिहीबार पक्राउ पुर्जी जारी गरेको हो ।

आइसिसीले नेतन्याहुबाहेक पूर्वरक्षामन्त्री योभ गालान्ट र हमास समूहका नेता मोहम्मद डेफविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ । तर, इजरायलले डेफ गत अगस्टमा गाजामा भएको हवाई हमलामा मारिएको दाबी गरेको थियो । आइसिसीका न्यायाधीशहरूले इजरायल र हमासबिचको युद्धका क्रममा कथित युद्ध अपराध र मानवताविरुद्धको अपराधका लागि तीनजना व्यक्ति ‘जिम्मेवारी’ भएको बताएका छन् । इजरायल र हमास दुवैले अदालतको निर्णय अस्वीकार गरेका छन् ।

अब यो पक्राउ पुर्जी लागू गर्ने वा नगर्ने निर्णय गर्ने आइसिसीका १२४ सदस्य राष्ट्रमा निर्भर हुनेछ । आइसिसीका अनुसार नेतन्याहु र गालान्टले गाजाका नागरिकलाई खाना, पानी, औषधि, चिकित्सा आपूर्ति, इन्धन र बिजुलीबाट वञ्चित गरेका छन् । जुन युद्ध अपराधको श्रेणीमा परेको अदालतको भनाइ छ ।

इजरायली प्रधानमन्त्रीको कार्यालयले कथित युद्ध अपराधका लागि अन्तर्राष्ट्रिय फौजदारी अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गर्नुलाई यहुदीविरुद्धको पूर्वाग्रह भनेको छ । ‘इजरायलले अन्तर्राष्ट्रिय फौजदारी अदालतले आफ्नो विरुद्धमा लगाएको बेतुका र झुटा कार्य र आरोपलाई कडाइका साथ अस्वीकार गर्छ,’ इजरायली प्रधानमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।