मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ७ शुक्रबार
  • Friday, 22 November, 2024
२o८१ मङ्सिर ७ शुक्रबार १३:३२:oo
Read Time : < 1 मिनेट
प्रदेश

योजना किनबेच गर्नेको खोजीमा छु : मुख्यमन्त्री कँडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर ७ शुक्रबार १३:३२:oo

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशमा योजना र विकासको विषयलाई नयाँ दृष्टिकोणबाट अघि बढाउन खोजिएको बताएका छन् ।

शुक्रबार जुम्लामा नेपाल पत्रकार महासंघ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रदेशका नागरिकसँग प्रत्यक्ष संवाद गर्ने र उनीहरूका समस्या सुन्ने उद्देश्यले जिल्लास्तरको भ्रमणलाई प्राथमिकता दिएको बताए । ‘जिल्ला भ्रमणमा पुगेर जनताका समस्या सुन्छु र उहाँहरूको अपेक्षालाई योजनामा समेट्न खोज्छु,’ उनले भने।

उनले आफ्नाे नेतृत्वकाे सरकार सेवाग्राहीलाई केन्द्रमा राखेर योजना बनाउने र कार्यान्वयन गर्ने योजनामा रहेकाे पनि बताए । 

‘योजना किनबेचको विषय होइन, यो सेवाग्राहीको हो । योजना निर्माण र कार्यान्वयनमा कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप, स्वार्थपूर्ण निर्णय र अन्यायपूर्ण कार्यलाई स्थान दिनुहुँदैन,’ उनले भने ।  मुख्यमन्त्री कँडेलले जनचेतना बढाउनका लागि जिल्ला जिल्लाको भ्रमणमा निरन्तर सक्रिय रहेको बताए।

उनका अनुसार यो प्रयासले नागरिकमा सरकारप्रतिको विश्वास बढाउनुका साथै योजना कार्यान्वयनको पारदर्शिता सुनिश्चित गर्नेछ। उनले जनताले चाहेका र उनीहरूको जीवनस्तर सुधार गर्न सक्ने योजनामा मात्र ध्यान केन्द्रित गर्ने विश्वास व्यक्त गरे। 

मुख्यमन्त्री कँडेलले हरेक दिन सुधारको प्रयासमा लागेको र सरकारले सही दिशा र प्रक्रियामा काम गरिरहेको आश्वासन दिएका छन्। ‘हामी निरन्तर सुधारका लागि प्रयत्नशील छौँ। हरेक दिन एउटा नयाँ काम उठाउँदै अघि बढ्ने हाम्रो नीति हो,’ उनले भने।

उनका अनुसार विकास निर्माणको कामलाई मात्र होइन, सुशासन र पारदर्शिताका पक्षमा पनि सरकारलाई सचेत बनाइएको छ। ‘हामीले सुशासनलाई केन्द्रमा राखेर काम गर्न थालिसकेका छौँ,’ कँडेलले भने।

कर्णाली प्रदेशका विकासका लागि दीर्घकालीन योजना बनाउने र ती योजनाहरूलाई जनताको आवश्यकतासँग समाहित गराउने नीतिमा विशेष जोड दिइएको उनले बताए ।