मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ५ बुधबार
  • Wednesday, 20 November, 2024
रासस काठमाडौं
२o८१ मङ्सिर ५ बुधबार १५:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उपनिर्वाचनमा बालबालिकाको प्रयोग नगर्न आग्रह

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर ५ बुधबार १५:१o:oo

बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (जिसप)ले उपनिर्वाचनको कुनै पनि कार्यक्रममा बालबालिकाको प्रयोग नगर्न अनुरोध गरेको छ। जिसपले विद्यालयलाई शान्तिक्षेत्रको रूपमा कायम राख्न र उक्त क्षेत्रमा कुनै पनि राजनीतिक कार्यक्रम नगर्न सम्पूर्ण राजनीतिक दल र सम्बन्धित सबैमा अपिलसमेत गरेको छ।

‘सम्पूर्ण राजनीतिक दलमा निर्वाचन आचारसंहिता २०७८ को पालना गर्न र बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ७ तथा दफा ६६ र विद्यालय शान्तिक्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका, २०६८ समेतको विरुद्ध हुने गरी कुनै पनि क्रियाकलाप नगर्न अनुरोध गर्दछौँ,’ जिसपद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

वि.सं. २०७९ मा सम्पन्न भएको स्थानीय तहको निर्वाचनपश्चात् देशभरबाट विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदमा यही मंसिर १६ गते आइतबार उपनिर्वाचन हुँदै छ। बालबालिकालाई दलगत प्रयोग भएको विषय उठान गर्दा बाल संवेदनशीलता अपनाइने कुराको सुनिश्चितता गर्नुपर्ने माग पनि जिसपले गरेको छ।