मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ५ बुधबार
  • Wednesday, 20 November, 2024
तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर ५ बुधबार १४:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भारतीय स्थलसेनाध्यक्ष द्विवेदी काठमाडौंमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर ५ बुधबार १४:३५:oo

प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा भारतीय स्थलसेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी आज बुधबार काठमाडौं आइपुगेका छन्।

भ्रमणका दौरान जनरल द्विवेदीले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जंगी अड्डामा सम्मान गारत निरीक्षण, प्रधानसेनापति सिग्देलसँग भेटघाट एवं छलफललगायत कमान्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरूसँग अन्तर्क्रया र पश्चिम पृतना हे.क्वा. पोखराको भ्रमण गर्ने कार्यक्रम छ।

भ्रमणको मुख्य अंशको रूपमा नेपाली सेना र भारतीय सेनाबिचको परम्पराअनुसार भारतीय सेनाध्यक्ष जनरल द्विवेदीलाई राष्ट्रपति रामचन्द्र पौडेलले मंसिर ०६ गते एक विशेष समारोहबिच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ।

द्विवेदीले आफ्नो भ्रमणको दौरान प्रधानमन्त्री केपी शर्मा ओली,  रक्षामन्त्री मानवीर राईसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ। उनले मुस्ताङस्थित मुक्तिनाथ मन्दिर दर्शन गर्ने र पोखरा भ्रमण गर्ने कार्यक्रम पनि रहेको छ।