Skip This
अघि बढ्यो धितोपत्र अध्यक्ष नियुक्ति प्रक्रिया
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ३० शुक्रबार
  • Friday, 15 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक ३० शुक्रबार १o:५५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अघि बढ्यो धितोपत्र अध्यक्ष नियुक्ति प्रक्रिया

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक ३० शुक्रबार १o:५५:oo

१० महिनायता नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदपूर्ति गर्न सरकार असफल देखिएको छ । विभिन्न बहानामा अल्झिँदै आएको अध्यक्षको नियुक्ति प्रक्रिया अघि बढाउन सिफारिस समितिले फेरि अर्काे प्रयास गरेको छ ।

बुधबार बसेको समितिको बैठकले निर्णय गर्दै बोर्ड अध्यक्षका लागि अन्तर्वार्ताको मिति ९ मंसिरमा तय गरेको हो । सो मितिमा व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईं र डा. नवराज अधिकारीलाई बोलाइएको छ । 

यससँगै पक्रिया स्थगित भएको एक महिनापछि बोर्डको अध्यक्ष नियुक्ति प्रक्रियाले पुनः निरन्तरता पाएको हो । गत १८ असोजमा अध्यक्षका लागि समितिले तीनजना उम्मेदवारलाई अन्तर्वार्ताका लागि बोलाएको थियो । समितिका संयोजक प्रा.डा. शिवराज अधिकारी अस्वस्थ भएपछि नियुक्ति प्रक्रिया स्थगित भएको थियो ।