Skip This
दाङको तुलसीपुरमा नक्कली नोटसहित चारजना पक्राउ
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ३० शुक्रबार
  • Friday, 15 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक ३० शुक्रबार १२:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दाङको तुलसीपुरमा नक्कली नोटसहित चारजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक ३० शुक्रबार १२:४८:oo

प्रहरीले दाङको तुलसीपुर उपमहानगरपालिका– ९ बेलुवाबाट नक्कली नोटसहित चार अभियुक्त पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका– १० राइखल्यानका ३० वर्षीय राममनी चौधरी, १७ वर्षीय सुमन विक, १९ वर्षीय धनबहादुर खत्री र १७ वर्षीय शिशिर विक रहेका छन्। उनीहरूको साथबाट प्रहरीले हजार दरका १२ वटा नक्कली नोट फेला परेको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले नक्कली नोटसहित बिहीबार साँझ चारजनालाई पक्राउ गरेको हो।

कार्यालय प्रमुख डिएसपी अनिल ठकुरीले पक्राउ परेका अभियुक्तले नक्कली नोट लिएर बजारमा कारोबार गरिरहेको अवस्थामा पक्राउ गरिएको बताए। उनले भने, ‘नक्कली नोटको कारोबार भइरहेको सूचनापछि प्रहरी घटनास्थल पुग्यो। नभन्दै हजार दरका नक्कली नोटसहित युवा पक्राउ परे। उनीहरूसँग हजार दरका १२ वटा नोट फेला परेका छन्। घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ।’

प्रहरीका अनुसार नोटको स्रोत भने अझै खुलिसकेको छैन। पक्राउ अभियुक्त र उनीहरूसँग सम्बद्ध प्राविधिक अनुसन्धान भइरहेको हुँदा तथ्य अझै खुलिनसकेको कार्यालय प्रमुख डिएसपी ठकुरीले बताए।