१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २९ बिहीबार
  • Thursday, 14 November, 2024
नयाँ पत्रिका विराटनगर
२o८१ कार्तिक २९ बिहीबार o७:२१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

उद्योग संगठन मोरङलाई ‘क्यासी’ अवार्ड 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o८१ कार्तिक २९ बिहीबार o७:२१:oo

उद्योग संगठन मोरङले एसिया प्रशान्त क्षेत्रको प्रतिष्ठित औद्योगिक क्यासी अवार्ड प्राप्त गरेको छ । उक्त अवार्डको राशि दुई हजार डलर रहेको छ । एसिया प्रशान्त क्षेत्रका २७ भन्दा बढी देशका ८१ वटा स्थानीय औद्योगिक र व्यापारिक चेम्बरलाई पछि पार्दै संगठनले सो अवार्ड प्राप्त गरेको हो । 

संगठन गतिविधि, दस्तावेज, औद्योगिक उत्थानका लागि गरेको कार्यक्रमका आधारमा उत्कृष्ट भएको हो । 

कन्फेडेरेसन अफ एसिया प्यासिफिक चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज र सिंगापुर म्यानुफ्याक्चरिङ एसोसिएसनको संयुक्त आयोजनामा २६–२७ कात्तिकमा सिंगापुरमा इकोनोमिक फोरम आयोजना भएको थियो । 

सोही फोरमको समापनमा संगठनका अध्यक्ष राकेश सुरानालाई उक्त अवार्ड प्रदान गरिएको उद्योग संगठन मोरङले जनाएको छ ।  

क्यासीले चेम्बरहरूले स्थानीय आर्थिक विकासका लागि खेलेको भूमिका, नीति निर्माणका क्षेत्रमा गरेको बहस र पैरवी, स्थानीय औद्योगिक गतिविधिमा पु¥याएको टेवाका साथै समग्र आर्थिक एवं औद्योगिक विकासमा पु¥याएको योगदानका आधारमा सो अवार्ड प्रदान गरेको हो ।