१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २९ बिहीबार
  • Thursday, 14 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक २९ बिहीबार o७:१२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पुँजी जुटाउन एनआइसी एसिया क्यापिटल र एभिड पार्टनर्सबिच साझेदारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक २९ बिहीबार o७:१२:oo

एनआइसी एसिया क्यापिटल र मर्चेन्ट बैंकिङ एभिड पार्टनर्सबिच रारा कर्णाली हाइड्रोपावरका लागि स्वदेशी तथा विदेशी पुँजी जुटाउन समझदारी भएको छ । यो समझदारीको उद्देश्य कर्णाली प्रदेशको त्रिवेणी भेरी नदीमा अवस्थित रारा कर्णाली जलविद्युत् आयोजनाको विकासमा लगानी गर्ने रहेको छ ।

रारा कर्णाली जलविद्युत् आयोजनाले स्थानीय समुदायलाई आर्थिक लाभ पुर्‍याउने र नेपालको नवीकरणीय ऊर्जा वृद्धिमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । यो सहकार्यले नेपालको जलविद्युत् क्षेत्रको विकासलाई प्रोत्साहन गर्ने प्रभावकारी परियोजनालाई सहयोग गर्ने एनआइसी एसिया क्यापिटल र एभिड पार्टनरको प्रतिबद्धतालाई जोड दिन्छ ।

साथै, कम्पनीले संस्थागत परामर्श सेवाअन्तर्गत ‘आइडिया टु आइपिओ’ सेवासमेत सञ्चालन गरिरहेको छ । जसअन्तर्गत गत आवको अन्त्यसम्म विभिन्न २८ वटा कम्पनीसँग दुईपक्षीय सम्झौता सम्पन्न भई कार्य गरिरहेको छ ।