१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २९ बिहीबार
  • Thursday, 14 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक २९ बिहीबार o७:o५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

वर्ल्डलिंकद्वारा बालगृह भवन हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक २९ बिहीबार o७:o५:oo

इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसनले मर्मत गरिएको भवन हस्तान्तरण गरेको छ । वर्ल्डलिंकले सामाजिक उत्तरदायित्वअन्तर्गत दोलखाको गौरीशंकर बालगृह पूर्ण रूपमा मर्मत गरी हस्तान्तरण गरेको हो ।

भवन हस्तान्तरण कार्यक्रममा वर्ल्डलिंकका लेगेसी प्रोमोटर सेयरहोल्डर र सामाजिक उत्तरदायित्व कार्यक्रमका कार्य प्रमुख अनुपा भण्डारी जालान, भीमेश्वर नगरपालिकाका मेयर ईश्वरनारायण मानन्धर, बालगृह अध्यक्ष विद्यालक्ष्मी उपाध्यायलगायत उपस्थित थिए ।

वर्ल्डलिंकले २०७२ को भूकम्पका कारण क्षतिग्रस्त भएका भवनको छाना चुहावट तथा भित्ताको मर्मतसँगै झ्यालढोकाको मर्मत तथा रङरोगन गरेको हो । त्यसैगरी, तीनवटा शौचालय तथा तीनवटा स्नानगृहको समग्र पुनर्निर्माण र आश्रित १७ जना बालकका लत्ताकपडा र स्टेसनरी सामग्री पनि प्रदान गरेको छ ।