१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २९ बिहीबार
  • Thursday, 14 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक २९ बिहीबार o६:५४:oo
Read Time : < 1 मिनेट
अर्थ

खाद्य उद्योगलाई भारतीय संस्थाले सघाउने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक २९ बिहीबार o६:५४:oo

भारतको केन्द्रीय खाद्य प्रविधि अनुसन्धान संस्था (सिएफटिआरआई)ले नेपालका खाद्य उद्योगको क्षमता वृद्धि गर्न सघाउने भएको छ । नेपाल भ्रमणमा आएको सिएफटिआरआईले प्रतिनिधिले नेपालका खाद्य उद्योग र त्यससँग सम्बन्धित क्षेत्रमा सघाउन सकिने बताएका हुन् । 

सिएफटिआरआईका प्रतिनिधिमण्डल र नेपाल–भारत उद्योग वाणिज्य संघका अध्यक्ष सुनील केसी नेतृत्वको नेपाली प्रतिनिधहरूबिच बुधबार संघको सचिवालयमा भएको छलफलमा आपसी सहकार्य गर्ने समझदारी भएको हो । 

भारतीय अनुसन्धान संस्था सएफटिआरआईका प्रमुख डा. उमेश ह्यांगलोर हेब्बरको नेतृत्वमा आएको भारतीय टोलीलाई संघका अध्यक्ष केसीले नेपालमा खाद्य उद्योगहरूको प्रविधिगत क्षमता अभिवृद्धिमा सहयोग पुर्‍याउन सहकार्य गर्न सकिने जानकारी गराए । भारतीय टोलीमा नेपालस्थित भारतीय राजदूतावासका राजनीति तथा विकास द्वितीय सचिव गरिमा नटियालसमेत सहभागी थिइन् ।

उक्त छलफलमा डा. ह्यांगलोरले भारतीय संस्था सिएफटीआई भारतको एक सरकारी विभाग रहेको र विशेष गरी खाद्य उद्योगको क्षेत्रमा अनुसन्धार गर्दै नयाँ प्रविधिहरूको विकास गर्दै आइरहेको जानकारी गराए ।