१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २९ बिहीबार
  • Thursday, 14 November, 2024
२o८१ कार्तिक २९ बिहीबार o८:४१:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

इंग्ल्यान्डका घाइते आठ खेलाडी एकैपटक बाहिरिए

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक २९ बिहीबार o८:४१:oo

इंग्ल्यान्डले नेसन्स कप फुटबल प्रतियोगितामा ग्रिसको सामना गर्दै छ । १४ नोभेम्बरमा हुने खेल इंग्ल्यान्डका अन्तरिम प्रशिक्षक ली चास्लेयलाई सहज हुनेछैन । अनुभवी खेलाडी एकैपटक बाहिरिएका छन् । उनीहरूले चोटका कारण टोलीमा उपलब्ध नहुने बताएका छन् । लेभी कोविल, कोले पाल्मेर, डेक्लान राइस, बुकायो साका, फिल फोर्डेन, ज्याक ग्रिलिस, ट्रेन्ट एलेक्सान्दर तथा आरो सामडाले बाहिरिएका छन् ।

प्रशिक्षक लीले एस्टन भिल्लाका मिडफिल्डर मोर्गान रोजर्सलाई बोलाएका छन् । इंग्ल्यान्डले यसपटक नेसन्स कपका लागि घोषणा गरेको टोली अनुभवहीनजस्तै देखिन्छ । जारोड ब्राउन, जारार्ड ब्राथवेट, टिनो लिरामेन्टो र जेम्स ट्राफोर्डले इंग्लिस टोलीमा मौका पाएका छन् । ग्रिसविरुद्धको खेलपछि इंग्ल्यान्डले १७ नोभेम्बरमा आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । 

लिभपुरलका राइट ब्याक एलेक्सान्दर गत शनिबार घाइते भएका थिए । एस्टन भिल्लाविरुद्धको २५औँ मिनेटमा चोट बोक्दै उनी मैदानबाट बाहिरिएका थिए । यसैगरी, आर्सनलका साका पनि चेल्सीविरुद्धको खेलमा घाइते भए । दुई खेल चुनौतीपूर्ण अन्तरिम प्रशिक्षकको जिम्मेवारी पाएका लीलाई दुई खेल चुनौतीपूर्ण हुनेछन् । सिनियर टोलीको प्रशिक्षणको त्यति अनुभव नभएका लीले नेसन्स कपमा इंग्ल्यान्डलाई अंक दिलाउन आवश्यक छ । तर, लगभग पहिलो रोजाइका खेलाडी चोटग्रस्त हुँदा उनले उमेर समूहका खेलाडीलाई विश्वास गरेका छन् । दुई खेलका लागि पाँचजना फ्रेस खेलाडी हुनेछन् । एस्टन भिल्लाका रोजर्स र एभर्टनका जारार्डले इंग्ल्यान्डको उमेर समूहमा प्रतिनिधित्व गर्छन् । अहिले पाँच अनक्याप खेलाडीले मौका पाउनेछन् । यसको अर्थ ग्रिसविरुद्ध पाँच खेलाडीले इंग्ल्यान्डबाट डेब्यु गर्नेछन् ।

यसअघिका प्रशिक्षक जेराथ साउथगेटले इंग्ल्यान्डको राष्ट्रिय टोलीमा औसत २६.१ वर्षका खेलाडी समावेश गरेका थिए । चालू नेसन्स कपमा सबैभन्दा युवा टोली टर्कीको हो । टर्कीका खेलाडी औसत २५.८ वर्षका छन् । चेक रिपब्लिक तेस्रो युवा टोली हो । प्रशिक्षक लीले नेसन्स कपका लागि सबैसँग छलफल गरी खेलाडी छनोट गरिएको बताए । 

केन सबैभन्दा अनुभवी
पाँचजनाले डेब्युको तयारी गरिरहँदा इंग्ल्यान्डमा सर्वाधिक सफल खेलाडी कप्तान ह्यारी केन हुन् । उनले इंग्लिस टोलीबाट सय अन्तर्राष्ट्रिय खेल पूरा गरेका छन् । त्यसपछि केयल वाल्कर हुन् । उनको नाममा ९५ अन्तर्राष्ट्रिय खेल रहेको छ । नेसन्स कपमा दुई जित निकाल्दा इंग्ल्यान्ड पुनः शीर्ष स्थानमा पुग्नेछ । मुख्य प्रशिक्षकका रूपमा कार्यभार सम्हाल्दा टुचलको पहिलो खेल नै विश्वकप छनोट हुनेछ । उनले ग्रिस र आयरल्यान्डविरुद्धको प्रतिस्पर्धामा कुनै हस्तक्षेप नगर्ने जनाएका छन् । ‘आगामी दुई खेलमा मेरो कुनै भूमिका रहनेछैन,’ उनले भने । 

पेपको आलोचना
प्रशिक्षक लीले महत्वपूर्ण प्रतियोगितामा अनुभवहीन खेलाडी समावेश गरी टोली बनाएको प्रति म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आलोचना गरेका छन् ।  लीले समावेश गरेका रोजर्स इंग्ल्यान्डको यू–२१ टोलीका हुन् । उनी पहिलोपटक राष्ट्रिय टोलीमा परेका हुन् । २२ वर्षीय खेलाडीले इंग्लिस प्रिमियर लिगमा ११ खेलमा तीन गोल गरेका छन् ।