मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २३ शुक्रबार
  • Thursday, 26 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक २३ शुक्रबार ११:४२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

हुन्डाई आयोनिक ५ इभी १०० किलोवाटमा पनि उपलब्ध हुने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक २३ शुक्रबार ११:४२:oo

हुन्डाईको इलेक्ट्रिक कार आयोनिक ५ अब १०० किलोवाट मोटरमा उपलब्ध हुने भएको छ । नेपालमा हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले उपलब्ध गराउने भएको हो । १०० किलोवाट क्षमताको आयोनिक ५ इभीको मूल्य ९२ लाख ९६ हजार रुपैयाँ हुनेछ । सन् २०२२ फेब्रुअरीमा आयोनिक ५ नेपाल आएको थियो । 

आयोनिक ५ मा ५८ किलोवाट क्षमताको ब्याट्री जडान गरिएको र यसले तीन सय ७५ किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ । आयोनिक ५ ले २०२२ को विश्व कार अफ दी इयर, विश्व इलेक्ट्रिक कार अफ दी इयर र विश्व कार डिजाइन अफ दी इयरजस्ता सम्मान प्राप्त गरेको छ ।

अन्तर्राष्ट्रिय रूपमा समेत चर्चा पाइसकेको हुन्डाई आयोनिक सबैभन्दा बढी सजावटयुक्त र प्रिमियम इलेक्ट्रिक कार मान्न सकिन्छ । यो निकै नै स्टाइलिस र फ्युचरिस्टिक मोडेलमा उपलब्ध छ, जसमा भएको प्यारामेट्रिक पिक्सेल हेडल्याम्प, क्लाम सेल हुड र पिक्सेल टेललाइटले लोभ्याउने कम्पनीको भनाइ छ । आयोनिक ५ इभीको मोटर पावर फरक भए पनि सो इभीले दिने रेन्ज र अन्य स्पेक भने एक सय २५ किलोवाटको जस्तै  हुनेछ । 

करिब एक महिनाभित्रै सो नयाँ गाडी नेपाली बजारमा उपलब्ध हुने १०० किलोवाटको आयोनिक ५ खरिद गर्न चाहने ग्राहकले आजबाटै सोरुममा बुक गर्न सक्नेछन् ।

प्रिमियम फिचर, भविष्यउन्मुख डिजाइन र उत्कृष्ट रेन्ज दिने आयोनिक ५ लग्जरी क्रसओभर सेग्मेन्टमा बिक्री हुँदै आएको विद्युतीय कार हो । हुन्डाईले यसलाई आठ सय भोल्ट इलेक्ट्रिकल आर्किटेक्चरमा तयार गरेको हो । आयोनिक ५ नेपालमा उपलब्ध अहिलेसम्मकै छिटो चार्ज हुन सक्ने इभी हो । यसले तीन सय ५० किलोवाट क्षमताको डिसी फास्ट चार्जर सपोर्ट गर्छ । उक्त चार्जरले यसलाई १८ मिनेटमा नै १० देखि ८० प्रतिशत चार्ज गर्न सक्ने बताइएको छ ।