१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २२ बिहीबार
  • Thursday, 07 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक २२ बिहीबार १७:३२:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

काठमाडौंमा गुन्जिँदै ‘कन्दरा’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक २२ बिहीबार १७:३२:oo

कन्दरा ब्यान्डले काठमाडौंमा आफ्नो सांगीतिक प्रस्तुति दिने भएको छ। नेपालको सांगीतिक क्षेत्रलाई लोक र पप–रकको मौलिक मिश्रणले बेग्लै आकार दिएको कन्दराले स्थापनाको २३औँ वर्षमा नोभेम्बर ९ मा एलओडीमा आफ्ना पुराना हिट गीतहरूको प्रस्तुति दिने भएको हो।

कन्दराको ३२औँ वार्षिकोत्सव कार्यक्रमले ‘पहिले घर देश, अनि परदेश’ शीर्षकको विश्वव्यापी अभियान पनि सुरु गर्नेछ। यो अभियानमा नेपाली संगीतलाई नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि प्रवर्द्धन गर्न सांगीतिक प्रस्तुति दिने ब्यान्डले जनाएको छ।

२०२५ जनवरीमा बेलायत र दुबई, फेब्रुअरीमा जापान, मार्च र अप्रिलमा अस्ट्रेलिया र न्युजिल्यान्ड, मेमा अमेरिका तथा जुनमा क्यानडामा सांगीतिक प्रस्तुति दिनेछ।

सन् १९९० को दशकको प्रारम्भमा पोखरामा स्थापना भएको कन्दराको पुराना पुस्ता र युवा पुस्ता दुवैलाई अपिल गर्ने समकालीन धुनहरूसँग लोक फ्युजन प्रदान गर्ने संगीतले आधुनिक नेपाली संगीतलाई परिभाषित गर्नमा महत्वपूर्ण भूमिका खेलेको छ। कन्दराको ‘तिमी परी’, ‘हङकङ पोखरा’, ‘लेककी हे माया’जस्ता गीतहरू दर्शकमाझ लोकप्रिय छन्।